साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाऊँ पर्खाल लाउन

Nepal Telecom ad

सुकिलो देख्नमा किन्तु मर्मकाटा छ पेटको
कपटी तर ऊ साधु सन्त जस्तै छ भेषको
विश्व बन्धुत्वका मीठा आलाप पनि गाउँछ
गौंडा थुनेर चौतर्फी नाकाबन्दी लगाउँछ ।

हाम्रो सम्बन्ध हो रोटीबेटीको पनि भन्दछ
कुरा पानी जवानीका गरेर दङ्ग पार्दछ
पुरानो मित्रता भन्दै सिमाना साँध मिच्दछ
आऊ गला मिलौं भन्दै घाँटी पक्रेर थिच्दछ ।

इष्र्यालु छ कुनै राम्रो देख्नु हुँदैन साँधको
झुक्क्याएर खुनी नङ्ग्रा गाड्छ विस्तारवादको
कहाँ के कहिले गर्छ पर्न हुँदैन है भर
आफै रोग लगाएर आफै बन्दछ डाक्टर ।

ताकेको छ सधै उस्ले हाम्रो सुन्दर यो घर
बाई अजङ्गको मुख नियाल्दैछ अजिङ्गर
चपायो काँगडा टिष्टा पुगेन त्यत्तिले पनि
झुक्क्याएर पिई हाल्योे कोशी गण्डकी तन्तनी ।

कालापानी निल्यो खायो सुस्ता निल्दैछ सुस्तरी
दोधारा चाँदनी पूर्व मानेभञ्ज्याङमा पनि
छोडेन यसले केही लिपुलेक पुगी चर्यो
हाम्रो अस्तित्वमा गर्नु नगर्नु ज्यादती ग¥यो ।

गाडेको छ सधै लोभी आँखा हाम्रो भूगोलमा
भाइभाइ लडाएर बस्नै दिन्न सगोलमा
कहिले भाट भाडाका धर्ना बस्न पठाउँछ
बिगार्न घर यो हाम्रो भिजिलान्ते खटाउँछ ।

गुरुमन्त्र दिई रच्छ ब्यूह नौलो बिचित्रको
थोत्रा बेलुनमा हावा भर्दैछ संविधानको
संविधान यता बन्दा दुख्दैछ टाउको उता
टाउको उसको दुख्दा भुक्दैछन् छाउरा यता ।

नसोधेर कुनै काम यहाँ क्यै गर्न हुन्न रे
जे भन्छ उसले जम्मै हूबहू मान्नु पर्छ रे
जे दिन्छ त्यत्तिमै प्राण हामीले धान्नु पर्छ रे
व्यवस्था कुन के राख्ने उसैले छान्नु पर्छ रे !

यो बेला पनि लत्रेर पाउमा उसको परे
अस्मिता देशको जम्मै माग्नेछ उसले भरे
जे भन्छ उसले मान्दै जाने हो भने एक्दिन
कि फिजी बन्छ यो देश कि यो बन्दछ सिक्किम ।

उठ्दैनौं किन हो हामी पर्दा संकट देशमा
खुनको बदला पानी जमेको छ र देहमा ?
समस्या घरका साना थाती राखेर यी सब
मोर्चाबन्दी गरौं देशद्रोही बिरुद्धमा अब ।

उठ ए जाग ए लौन राष्ट्रप्रेमी सबै मन
जूठो त्यागेर अर्काको जगार्ई स्वाबलम्बन
राख्न अक्ष्क्षुण यो देश हाम्रो दक्षिण साँधमा
नढल्ने बलियो अग्लो जाऊँ पर्खाल लाउन ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
उसैकाे ओंठ सुक्दैछ

उसैकाे ओंठ सुक्दैछ

रुद्र ज्ञवाली
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x