साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘महेन्द्रनगर स्मारिका’ लोकार्पण

Nepal Telecom ad

संस्कृति, कला, साहित्य राष्ट्रका अमूल्य निधि हुन् । त्यसैको जगमा समाजको पहिचान स्थापित हुन्छ । पूर्वी नेपालको महेन्द्रनगर, चक्रघट्टी पूर्णप्रकाश नेपाल ‘यात्री’, डा. शैलेन्दुप्रकाश नेपाल, प्राज्ञ विवश पोखरेल लगायतका थुप्रै साहित्यिक एवं सामाजिक शिखर व्यक्तित्वहरू हुर्किएको ठाउँ हो । बराहक्षेत्र, प्राचीन हरिद्वार चतराधाम, रामधुनी, कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र आदिको सामीप्यमा रहेको ऐतिहासिक एवं पौराणिक स्थल महेन्द्रनगर प्राकृतिक स्रोत साधनले पनि सम्पन्न छ ।

यही ऐतिहासिक थलो महेन्द्रनगरमा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको संस्था ‘सिर्जनशील पूर्वेली साहित्यिक समाज’ ले आफ्नो प्रकाशन ‘महेन्द्रनगर स्मारिका’ महेन्द्रनगरको चक्रघट्टीमा एक कार्यक्रमका बिच लोकार्पण गरेको छ । प्रमुख अतिथि स्रष्टा रेखा सुवेदीले स्मारिकाको लोकार्पण गर्नुभएको हो । लोकार्पणपछि कार्यक्रमका विशिष्ट अतिथि स्रष्टा इरान राईले सिर्जनशील पूर्वेली साहित्यिक समाजका साहित्यिक गतिविधिप्रति लक्षित गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । पुस्तकमाथि बोल्दै चण्डिराज पोख्रेल, लक्ष्मीनारायण डाँगी फणिन्द्र भट्टराईलगायतका वक्ताहरूले बधाई तथा शुभकामना दिनुभयो । आयोजक संस्थाका अध्यक्ष किरण चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालनमा हुनुहुन्थ्यो संस्थाका उपाध्यक्ष एवं स्मारिकाका सम्पादक नगेन्द्र बजगाईं ।

स्मारिकामा महेन्द्रनगरको सामाजिक तथा साहित्यिक क्षेत्रसँग सम्बद्ध विभिन्न लेख रचनाका अलावा कथा, कविता, निबन्धलगायतका साहित्यिक रचनाहरू समेटिएका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x