साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको ३६आैँ कार्यक्रम

Nepal Telecom ad

कार्तिक १४ गते शनिबार । घुम्ती कविगोष्ठी, काठमाडौँले आफ्नो नियमित कार्यक्रमको ३६ औँ कविगोष्ठी याम्ब्यास्डर एकेडेमी, नारायणटार, काठमाडौँमा सम्पन्न भयो ।

विद्यालयका प्रिन्सिपल मोहन मल्ल ‘मानिस’को आयोजना र अध्यक्षतामा सम्पन्न कार्यक्रम मञ्जुश्री प्रधान, गोविन्द घिमिरे ‘वेदमणि’, कणाद महर्षी, तथा विभिन्न विद्यालयका प्रिन्सिपलहरूको आतिथ्यमा भएको हो । कार्यक्रममा अतिथि लगायत हरि डाँगी, प्रशान्त खरेल, परशुराम पराशर, गौतम सिल्वाल, सङ्गीता श्रेष्ठ, शारदा पराजुली, सूर्य चापागाईं, मुरारी शर्मा, तारा केसी, सीता बिष्ट कार्की, द्वारिका कुइँकेल, बालमुकुन्द कार्की, डिल्लीप्रसाद मूलतिहुन लगायत १७ जना कविहरूले कविता तथा गजल वाचन गर्नुभएको थियो ।

इष्टपोल उच्च मा.वि.की छात्रा एलिसा लामिछानेको बाल कविताबाट सुरु गरिएको यस कार्यक्रममा वाचित कविता तथा गजलहरूको समीक्षा परशुराम पराशर र प्रशान्त खरेलले गर्नुभएको थियो । घुम्ती कविगोष्ठीका सल्लाहकार गोविन्द घिमिरे ‘वेदमणि’ले कविताको सैद्धान्तिक पक्षमा बोल्नुभएको थियो भने संयोजक बालमुकुन्द कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x