साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘नारदमुनिको वालिङ यात्रा’ कृतिमाथि परिचर्चा

Nepal Telecom ad

साहित्यकार स्व. भेषजराज शर्माको पाँचौँ कृति ‘नारदमुनिको वालिङ यात्रा’ भेषजराज साहित्य प्रतिष्ठानले प्रकाशित गरी त्यसको चर्चा परिचर्चा वालिङ स्याङ्जामा एक कार्यक्रमका बिच गरियो ।

कार्यक्रमका प्रमुख अतिथि सह प्रा. डा. कृष्णप्रसाद न्यौपानेले भेषजराज शर्माको यस संग्रह हास्यव्यङ्ग्यात्मक निबन्ध विधाको उत्कृष्ट कृतिका रूपमा रहेकाले सबैका लागि पठनीय कृति भएको कुरा बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ बाल साहित्यकार देवीप्रसाद वनबासीले प्रस्तुत कृतिमाथि टिप्पणी गर्दै यस कृतिले स्याङ्जाली साहित्य फाँटमा महत्वपूर्ण स्थान पाउने विश्वास राख्नुभयो ।

विभिन्न साहित्यिक संस्थाको पनि प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा गण्डकी साहित्य संगमका अध्यक्ष नारायण परिश्रमी, जनसाहित्य मञ्चका केन्द्रीय सदस्य छवि सुवेदी, नेपाल आदर्श क्याम्पसका प्राचार्य दीपक लम्साललगायतका स्रष्टाले शर्माको साहित्यिक व्यक्तित्व तथा कृतित्वमाथि केन्द्रित रहेर मन्तव्य व्यक्त गर्नुभएको थियो । साहित्यकार शर्माका सहपाठी, उनका विद्यार्थी एवं समकालीन लेखक साहित्यकारको पनि उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा स्थानीय ‘रेडियो आँधीखोला’ का पत्रकारले समेत बोल्नुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष प्रेमराज लुइँटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो । कार्यक्रममा एक दर्जन बढी स्रष्टाहरूले आ–आफ्ना रचना प्रस्तुत भएको थियोे भने कार्यक्रममा स्वागत मन्तव्य यमकान्त खनाल र धन्यवाद ज्ञापन विष्णु प्रसाद अर्यालले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x