साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उठौँ जुर्मुराई सबै स्वाभिमानी

Nepal Telecom ad

अहा ! देश हाम्रो थियो स्वर्गतुल्य
कठै ! आज भो रौरवै नर्कतुल्य
हराए हिजोका सदाचार निष्ठा
यहाँ छैन बाँकी कसैको प्रतिष्ठा

मिलेरै बसेका सयाँै जात–जाति
बने आज यी आपसैमा नजाती
यहाँ मित्रको मित्र रेटेर घाँटी
छ निर्धक्क डुल्दो फुलाएर छाती

छ चौतर्पm हत्या, बलात्कार, लूट
छ सर्वत्र अन्याय, धोका र भूmट
कुनै ‘देश टुक्र्याउने’ दिन्छ धम्की
कुनै झन् नृ–संहार गर्दो छ चम्की

यतै भागबन्डा, उतै नीच धन्दा
छ रातोदिनै खालि विध्वंस, द्वन्द्व
सधैँ टायरै बालिएको कुगन्ध
सधैँ को उही— ‘आज नेपाल बन्द’

छ मच्चाइएको हजारौँ वितण्डा
जलेको छ टोपी सँगै राष्ट्र–झन्डा
पुरस्कार मिल्दो छ, मिल्दैन दण्ड
त्यसैले यहाँ व्याप्त छन् चण्ड–मुण्ड

यहाँ पूजितै छन् भनी ‘रक्षकै’ जो
तिनै झन् स्वयं नाग छन् ‘तक्षकै’ पो
भई खप्न गाह«ो हरे ! यो डसाइ
सबै छन् सदा सर्वदा ‘त्राहि त्राहि’

बलेको युगौँ देखिको शान्ति–दीप
निभ्यो झ्याप्प, केही नलागेर सीप
छिमेकी हरामी झनै बारबार
हियाएर गर्दो छ चर्को प्रहार

नदीमा यहाँ रक्तधारा बहन्छन्
र मान्छे यहाँ आँसुले प्यास मेट्छन्
छ निर्धाहरूको भएको बिहाल
कठै ! यैै छ नेपालको हालचाल

अहो ! रोम जल्दै छ ढाकेर व्योम
‘निरो’ बाँसुरीको उराल्दै छ धून
सदाकाल चल्दा यही नग्न नाच
पुगेको छ अस्तित्वमै आज आँच

रहेको युगौँदेखि हाम्रो अखण्ड
हुने हो कि नेपाल यो खण्ड खण्ड ?
कि स्वाधीनताकै हुने हो प्रयाण ?
हरे ! फाट्छ छाती र कोक्किन्छ प्राण

उठौँ जुर्मुराई सबै स्वाभिमानी
बुझी देशको दर्दिलोे यो कहानी
हिजोबाट मीठो लिई आज शिक्षा
जुटौँ गर्न स्वाधीनताको सुरक्षा

‘बोधिवृक्षको छायामा’, कवितासङ्ग्रह, २०६९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x