साधुराम खड्कालौ है सरकार !
हे सरकार तेरो काम देशमा
मन्त्री मात्र थपिरहने भए
पूरै जनतालाई नि
बिना विभागीय मन्त्री बनाइदे
उखानै भनेर देश चल्ने भए
मलाई नि एउटा मन्त्रालय थमाइदे
न बस्नुपर्छ तेलको लाइनमा
न कुर्नुपर्छ ग्याँसको सिलिन्डरमा
घरमै सिलिन्डर र ग्यालेन थुपारीदे
रातारात कालो बजारी गर्नेलाई
करोडपति बनाइदे
आखिर सातपुस्ते सम्पत्ति न जोड्नु छ तँलाई
भएका करोडपतिलाई सडकमा
लाइन मात्र हैन सरकार
कर तिर्दातिर्दै सडकमै लडाइदे
तेरो ज्ञानेन्द्रियले त कामै गर्दैन सरकार
तैपनि पाए जति सबै खर्लप्पै निलिदे
दुख त हामीले पाइरहेकै छौं
तँ चाहिँ जनता र सहिदको नाममा
शपथ खुवाइरहे
यस्तै क्रम चलाइरहे सरकार
आफ्ना दाँतका कौडा
आँखाका गुच्चा खेल्न
जनतालाई कदापि नउक्साए !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































