साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्याैली : मोदी नेपाल संवाद

Nepal Telecom ad

ग्राहक (नेपाल) : साहुजी एक लिटर तेल दिनुस् त
साहुजी (मोदी) : दिन्न तिमीलाई

ग्राहक (नेपाल) : आखिर किनेरै लाने हो, किन साहुजी?
साहुजी (मोदी) : तिम्रो श्रीमती तिमि संग रिसाकी छन् रे, त्यसले मलाइ पनि समस्यामा पार्यो, श्रीमतीलाई मनाउ अनि दिउला तेल ।

ग्राहक (नेपाल) : मेरो श्रीमती रिसाएर तपाइलाइ के समस्या पर्यो ??
साहुजी (मोदी) : समस्या पर्यो भने पछि पर्यो, अब सबै कुरा खोतल्नु पर्ने ??

ग्राहक (नेपाल) : ल ठिकै छ, मेरो श्रीमती म मनाउदै गरुला, तेल चाहि दिनुस न
साहुजी (मोदी) : ए ! कति बाठो, मलाइ थाहा नदि श्रीमती फकाएर कुरो मिलाउने अनि म चै एता चिल्लाराम ?? दिन्न तेल मैले भने अनुसार न मिलाउने हो भने !

ग्राहक (नेपाल) : धत् कस्ती श्रीमती परिछ, न छोड्न मिल्ने, न काट्न मिल्ने, साहुजी पनि कस्तो परेछ, तेल दिनु त कता, उल्टै मेरै श्रीमती भाडेर मलाइ दुख दिने ?
साहुजी (मोदी) : धत् कस्तो घोरन्डो ग्राहक परेछ, न श्रीमती छोड्छु भन्छ, न फकाउँछ, बेतालमा आफ्नो ब्यापारले घाटो मात्र खान्छ क्यार ?

गुरु भट्टराईको फेसबुक पेज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x