साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संघीयता

Nepal Telecom ad

टाउको नेपाल, एउटा हात कर्णाली तथा अर्को हात लिम्बुवान क्षेत्र, छाती एवम् पेट पहाड र खुट्टा तराई मधेस भएको सबलाङ्ग नेपालको जीवनमा आँधीबेहरी आयो ।

खुट्टा विना नेपाल कसरी उभिँदोरहेछ, हामी पनि हेर्छौं– दक्षिणबाट एक झोँका बतास आयो ।
मुटु, फोक्सो, कलेजो, मृगौलाविना नेपाल कसरी बाँच्दो रहेछ, हामी पनि हेर्छौं– पहाडबाट एउटा तूफान आयो ।
हातविना नेपालले कसरी पेट पाल्दो रहेछ, हामी पनि हेर्छौं– कर्णाली तथा पूर्वी पहाडबाट आँघीपूर्वको आभास आयो ।
टाउकोविना नेपाल कति सेकेण्ड बाँच्दो रहेछ, हामी पनि हेछौँ– हिमालबाट सिरेटो आयो ।

सबलाङ्ग शरीरका अङ्ग प्रत्यङ्गहरूमा विभाजनको बीऊ रोपियो, एकले अर्कोलाई प्रतिस्पर्धी एवम् विरोधी देख्न थाले ।
थपडी बजाउने, धाप मार्ने र आफ्नो स्वार्थ भजाउनेको मादलको तालमा नाच्दा खुट्टा काटियो, हात काटिए, टाउको छिनियो । क्षणभरमै दर्जनौँ गिद्दहरूले टुक्रिएका प्राणविहिन अङ्गहरूलाई स्वाद मानीमानी लुछ्न थाले अनि डकार्दै चिच्चाएर भने– आत्मनिर्णयको अधिकार सहितको संघीयता जिन्दावाद ।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x