साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वार्ता र सहमति

Nepal Telecom ad

मेरो बिचारमा नेपालीहरूले सबभन्दा बढी सुनेको र अहिले सम्म नबुझेको शब्द हो ।
हाम्रा राजनितिक दलका नेताहरू बिगत लामो समयदेखि हरेकदिन जसो बार्तामा बसे र अर्कोदिनको बार्ता कहाँ र कहिले गर्ने भन्ने निश्चित सहमति गरेर उठे । सहमति अनुसार नै तोकिएको ठाउँमा भेला भए र पुन वार्तामा बसे । वार्तामा हरेक दलका नेताहरूले हिजो अस्तिकै कुरा दोहोर्याए, तेहर्याए । टन्न खाए पिए र अर्कोदिन पुन वार्तामा बस्ने सहमति गरेर उठे ।

पहिलो वार्तापछि भने वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको छ । दोस्रो वार्तापछि भने हामी सहमतिको एकदम नजिक पुगी सकेका छौं । र, वार्ताको तेस्रो एपिसोडमा आई पुगेर भने वार्ता गर्नुको कुनै औचित्य छैन ।

जब शीर्ष तहका नेताहरू थाके, पार्टीका दोस्रा तहका नेताहरू वार्तामा जुटे । जब उनीहरूको पनि रहर पुग्यो, पुन शीर्ष नेताहरू सलबलाए । तर आ–आफ्नो सुबिधा बृद्धि गर्ने र आफ्ना आफ्ना मान्छेहरूलाई कुन कुन ठाउँहरूमा अवसर दिने भन्ने बाहेक अन्य कुनै सहमति हुन सकेन ।

जब सत्तापक्ष र बिपक्षका विच लामो समयसम्म बार्ता भएन, दिल्ली र वासिङ्टनले दुबैसँग अलग अलग वार्ता गरे । र, वार्ताको परिणाम सत्तापक्ष र बिपक्ष वार्ताका लागि तयार भए । सर्बप्रथम वार्ताद्वारा वार्ताको विषय, स्थान र समय तय गरियो ।

सहमति अनुसार तोकिएकै ठाउँ र समयमा पुन वार्ता सुरु भयो । वार्तामा दुबैले आ आफ्ना पूर्ववत अडानहरू राखे । बिपक्षले भन्यो राज्य पुनर्संरचनामा आमूल परिबर्तनको खाँचो छ । सत्तापक्षले भन्यो हामीले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अघि बढ्नु पर्छ । हामी बिपक्षका अनुचित मागमा आँखा चिम्लेर समर्थन जनाउन सक्दैनौं, आवश्यक पर्छ भने बरु पुन वार्तामा बस्न तयार छौं ।

यसरी बिगत लामो समयदेखि सत्तापक्ष र बिपक्ष वार्ताको नाटक गरिरहेका छन् र हामी जनता लाचार भएर यो सबै टुलुटुलु हेरिरहेका छौं ।

हेटौंडा– ४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x