साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निषेधको राजनीति

Nepal Telecom ad

सानो चिटिक्क परेको सुन्दरघर, घरको वरिपरी सप्तरंगी बगैंचा, चिसो झरना, अद्वितीय प्राकृतिक एवं गौरवशाली इतिहास… अवर्णनीय परिवार थियो, त्यो । एकले अर्कालाई सहयोग, सम्मान, माया, सहिष्णुता तथा एकताको थुङ्गाले बुनेको सहअस्तित्वको माला साँच्चै उदाहरणीय थियो । छिमेकीहरूमध्ये अधिकांशले प्रशंसा गरेर थाक्दैनथे, त्यो प्राकृतिक सुखोपभोग गर्न आइरहन्थे, सहयोग गरेर जान्थे भने केही छिमेकीहरू इष्र्या गर्दथे, परिवार बिचको एकता खलबलाउन खोज्दथे ।

चिसो हावाको वहाव एवं सङ्लो पानीको धमिलिकरणसंगै परिवारभित्र पनि कथाहरू फेरिंदै गए, पात्रहरू बहुरुपी हुँदै गए, घरमा आगो लगाउन थाले, आपसमा तानातान र हानाहान गर्न थाले, सम्पत्तिको बाँडफाडको लागि खुकुरी बोक्न थाले, अनि पारिवारिक मामिलामा छिमेकीलाई गुहार्न थाले र छिमेकीका अर्ति सुन्न वाध्य भए ।

…त्यो यो घरवाट निस्कनुपर्छ, त्यसलाई पाता ठोकेर सात डाँडा कटाउनु पर्छ, त्यसलाई एक कौडी पनि अंश दिनु हुँदैन, यो सम्पत्ति मेरो हो तर्सथ सबैले मेरो आज्ञा शिरोपर गर्नुपर्छ …सहअस्तित्व एवं वसुधैवकुटुम्वकम्को वातावरण धमिलिएर त्यहाँ निषेधको राजनीति सुरु भयो । अर्को पक्षको समाप्तिमा आफ्नो पक्षको उदय देख्ने संकिर्ण्भिडन्तले परिवार भित्रका सवै सदस्यहरू थाके, गले र कमजोर भए ।

यही फुट र धमिलो पानीको फाइदा उठाएर मेलमिलाप गरिदिने निहँुमा सूचीप्वालवाट कमिला भएर छिरेका छिमेकीहरू सुन्दर बगैचामा हात्ती भएर निस्किए, शेर बनेर गर्जिए र अहिले हस्तिनापुरको राजबाट चपरिमुनीको बासमा पुगेका ती पारिवारिक सदस्यहरू एक अर्कालाई गिज्याउँदै थपडी मारेर आत्मरति लिइरहेका छन्– बल्ल खायो त्यसले ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x