साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सब उल्टापुल्टा पर्यो हजुर

Nepal Telecom ad

हामी त
कहाँ टाढा गाको हो र
आफ्नै ससुराल त गाको हो हजुर
आफ्नै ससुराल जाँदा पनि
यो नेपाली दाजुभाइ
किन यस्तो भाको हो हजुर ?
बजिया ससुराल अहिले त
भेजिटेरियन भाका रहेछन्
खुर्सानीको अचारसित
खुर्सानीको तरुवा खाको हजुर
यसपाली त ससुरालको के बाद गरम
लास्टै बदनाम भाको हजुर ।

हरूवा र दरुवा भन्दै
सभा कचरीमा उभ्याए
चोक्टा खान बोलाएर
हामीलाई झोलमा पो डुबाए
मान सम्मान पाइएला भनेको
हरूवा भेनाजी भन्दै
साले साहबले हकार्नु हका¥यो
छेरुवा ज्वाइँ भन्दै जेठानले
बहुत गन्दा गन्दा गाली डका¥यो
झन मेजमानी पाइएला
तारेको माछासँग
विदेशी दारू खाइएला भनेको त
हामीले तिमीहरूलाई उक्साको हो ?
दुनियाँमा बदनाम गर्ने ?
कहिले यो माग कहिले त्यो माग भन्दै
हामीलाई गुमनाम गर्ने ?
भन्दै सालीले त गाँठे !
झन्नै हामीलाई मारी ।
सभा सम्मेलन गरेर
उल्लिबिल्ली नै पारी
आज हामीलाई धरोधर्म
कसरी फर्किने भइराछ
फोकटमा आफ्नै दाजुभाइसँग
झगडा गरिएछ लाइराछ ।

भन्न त घरको जेठानले
तिमीहरू जाऊ म सब ठीक पार्छु बोलेको छ
तर अर्काे जेठानले
फेरि आऊ त
तिमीहरूलाई के कर्छु
अली खतरा रिसिबी मोलेको छ
हामीलाई त हजुर
कहिले यो माग
कहिले त्यो माग भन्दै
सालाले पनि उक्सा हो
सालीले पनि उक्सा हो
आज आफू अप्mठेरोमा परेपछि
यस्तो कुरो फुस्का हो
भन्नुस् त
हामीले रोकेर ग्यास रुक्छ हजुर
हामीले भनेर तेल रुक्छ हजुर
रोक्ने भए त हामीले
दाल पनि रोक्थ्यौँ चामल पनि रोक्थ्यौँ
यो सब उनीहरूले नै रोक्या हो
पुलिसलाई ढुङ्गा पनि पारिबाट
उनीहरूले नै ठोक्या हो
सालोलाई यहाँको नगरिकता चाहियो रे
सालीले यहाँको पति खोजेर,
राष्ट्रपति चाहियो रे
यो सब उनीहरूकै माग हो
हामी त हजुर,
उनीहरूले नै खडा गरेको
नङ्ग्रा नभएको बाघ हो ।

हामी नाकामा पनि किन बस्थ्यौँ हजुर
उनीहरूले नै बसा हो
आज अप्mठेरोमा परेपछि
हामीलाई फसा हो
यो मदेशी पहाडी भावना पनि
उनीहरूले नै पसा हो
हामीलाई उचालेर यसरी
उनीहरूले नै खसा हो
यसपाली त
ससुरालले लास्टै बदनामी ग¥यो हजुर
जे सोचेर गएका थियौँ
सब उल्टापुल्टा पर्यो हजुर ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x