साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साठी वर्षे तन्नेरीले मलाई माया गर्ने अरे

Nepal Telecom ad

साठी वर्षे तन्नेरीले मलाई माया गर्ने अरे
भन्छ ‘मनकी रानी बन’, मेरै भरमा पर्ने अरे ।

हरेक पलमा सम्झिन्छ रे सजाउँदै सपनाहरू
सधैं भन्छ ‘लभ यु डियर’ सँगै ज्यूने मर्ने अरे ।

‘के के भन्छ्यौ पुर्याउँछु’ भन्छ, ‘राख्छु महलमा’
मलाई पाए सबै काममा आफैं अघि सर्ने अरे ।

भन्छ ‘घरकी बुढी भई, आन्टी भन्नु पर्ने भा‘छ’
म चैं फूल गुलाबको वास्ना मात्रै छर्ने अरे ।

खै के भा‘का अचम्म यो कलियुगका बुढाहरू
दिलको फूल टिपेर नै वैतरणी तर्ने अरे ।
बीचबजार, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x