पोष्टराज चापागाइँटुप्पाँ बसेर हाँगा काट्दै थियो ऊ
चस्मा झिकेर हेर्दा ! नाङ्गै थियो ऊ !!
नीलो अकाश जस्तै छ्याङ्गै थियो ऊ ।
हुन्छन् गुलाफ सिक्रा फुल्छन् वसन्तमा गै
सिस्नो थियो कि पाती झ्याम्मै थियो ऊ ।
जैले मथें दही झैं ढुङ्गा कहाँ मथिन्थ्यो
कैले बनेन नौनी ! चाम्रै थियो ऊ !!
सूर्य र चन्द्रमा झैं टाढा बसेर हाँस्ने
अर्को थिएन कोही आफ्नै थियो ऊ !
के ‘राज’ बुझ्छ उस्ले साँच्चै रहेछ मूर्ख !
टुप्पाँ बसेर हाँगा काट्दै थियो ऊ !!
Subscribe
Login
0 Comments
Oldest






































