साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टुप्पाँ बसेर हाँगा काट्दै थियो ऊ

Nepal Telecom ad

चस्मा झिकेर हेर्दा ! नाङ्गै थियो ऊ !!
नीलो अकाश जस्तै छ्याङ्गै थियो ऊ ।

हुन्छन् गुलाफ सिक्रा फुल्छन् वसन्तमा गै
सिस्नो थियो कि पाती झ्याम्मै थियो ऊ ।

जैले मथें दही झैं ढुङ्गा कहाँ मथिन्थ्यो
कैले बनेन नौनी ! चाम्रै थियो ऊ !!

सूर्य र चन्द्रमा झैं टाढा बसेर हाँस्ने
अर्को थिएन कोही आफ्नै थियो ऊ !

के ‘राज’ बुझ्छ उस्ले साँच्चै रहेछ मूर्ख !
टुप्पाँ बसेर हाँगा काट्दै थियो ऊ !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के पाउँछौ ?

के पाउँछौ ?

पोष्टराज चापागाइँ
0
Would love your thoughts, please comment.x
()
x