के पाउँछौ ?
टाढा भयौ खुसी हुँदै रुने बनाएर
के पाउँछौ पियारको बली चढाएर {{read_more}}
कैले सही बताइनौ कुरा कलेजीको
गर्छौ कुरा बदामको चना चपाएर
माया बस्यो लुकीलुकी रहेछ बैमानी
के फाइदा ! छिमेकमा कुरा बढाएर
उड्दै रहें बगानमा म पात झैँ एक्लै
हे निस्ठुरी ! कहाँ गयौ हुरी चलाएर
खै हाल के सुनाउने र ‘राज’को मैले
बेहाल भा’छ जिन्दगी प्रिया हराएर !