साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के पाउँछौ ?

Nepal Telecom ad

टाढा भयौ खुसी हुँदै रुने बनाएर  height=
के पाउँछौ पियारको बली चढाएर {{read_more}}

कैले सही बताइनौ कुरा कलेजीको
गर्छौ कुरा बदामको चना चपाएर

माया बस्यो लुकीलुकी रहेछ बैमानी
के फाइदा ! छिमेकमा कुरा बढाएर

उड्दै रहें बगानमा म पात झैँ एक्लै
हे निस्ठुरी ! कहाँ गयौ हुरी चलाएर

खै हाल के सुनाउने र ‘राज’को मैले
बेहाल भा’छ जिन्दगी प्रिया हराएर !
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x