साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सब खेल भयो

Nepal Telecom ad

नबुझी नबुझी सब खेल भयो 
जति खेल भयो उति झेल भयो {{read_more}} height=
सब स्याल मिले सब गिद्ध मिले 
न त बुद्ध मिले न त सिद्ध मिले

घर ताप छ रे पर ताप छ रे 
वन पाप छ रे मन पाप छ रे 
सब मानिसको तनमा मनमा 
खलकै बसमा मन गो धनमा

न त कृष्ण मिले न त राम मिले 
रमिता जगमा सब वाम मिले 
कति रोज यहाँ छलछाम हुने 
अति मोज यहाँ बदनाम हुने

कविको कविता सरिता सविता 
कवि लेख सबै रमिता भविता 
धन यो गिरिराज भयो जगमा 
मन अल्मलियो भवमा नभमा

छ चुनाव यहाँ छ अभाव यहाँ 
छ खराब यहाँ छ तनाव यहाँ 
बमको भरमा नव गर्जन भो 
सब गो सब गो अति भो सब गो

चितवन
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x