साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्ध्यामा ‘साइबर संस्कृति’ चर्चा

Nepal Telecom ad

हरेक महिनाको पहिलो शनिवार नियमित हुँदै आएको साहित्य सन्ध्याको ३५५ औँ शृङ्खला संस्थाका अध्यक्ष कवि राम विनयको अध्यक्षतामा विभिन्न कार्यक्रमका साथ २०७२ पुस ४ गते शनिवारका दिन सम्पन्न भयो । हरेक कार्यक्रममा विशेष रूपमा प्रस्तुत गरिने परम्परा अनुरूप सो कार्यक्रममा साइवर संस्कृति र आजको समाज विषयमा प्रा.राजेन्द्र सुवेदीले वार्ता प्रस्तुत गर्नु भएको थियो भने विभिन्न कविहरूले कविता वाचन गर्नु भएको थियो ।

वार्ता प्रस्तुत गर्दै प्रा.सुवेदीले सङ्क्षिप्त रूपमा संस्कृतिको सैद्धान्तिक परिचय प्रस्तुत गर्दै सर्व प्रथम व्यक्तिको धारणामा बसि सकेपछि त्यसले व्यवहारमा आएपछि रूप निर्माण हुने तथा अवलम्बन गरिएपछि संस्कृतिको रूप प्राप्त गर्ने स्पष्ट पार्दै सूचना प्रविधिको वर्तमान युगमा साइबर संस्कृतिले समाजलाई गहिरो प्रभाव पारि रहेको र यसबाट कोही पनि अछुतो रहन नसक्ने धारणा प्रस्तुत गर्नु भयो ।

अमेरिकाको क्रियाकलापलाई यहीँबाट नियन्त्रण गर्न सक्ने कुरा प्रविधिले सम्भव तुल्याएको जानकारी दिँदै सुवेदीले वर्तमान जीवन शैलीको एक पक्ष साइबर संस्कृति रहेको उहाँको आशय थियो । साइबर संस्कृतिमा पनि सकारात्मक र नकारात्मक दुबै पक्ष रहेको चर्चा गर्दै उहाँले साइबर अपराधलाई न्यूनीकरण गर्नु निकै चुनौती पूर्ण रहेको पनि उहाँको विश्लेषण थियो ।

कार्यक्रममा कविहरु ओमप्रसाद कोइराला, प्रेमराज सिलवाल, जयन्ती स्पन्दन, डम्बर पहाडी, भागवत आचार्य, पुनाराम गिरी, रमेश गौतम पाल्पाली, पुन्य गौतम ‘विश्वास’, सानु पहाडी, जङ्ग पहाडी, सपना घिमिरे, अभ्यस्त यात्री, नवराज श्रेष्ठ, डम्बरध्वज लिम्बू, रत्ननिधि रेग्मी शुक्राचार्य, सुदेश सत्याल, अमृता स्मृति, निर्भीक राई लगायतले समसामयिक कविता वाचन गर्नु भएको थियो भने वाचित कवितामाथि कार्यक्रम सञ्चालक समेत रहनु भएका कवि तथा समीक्षक भागवत आचार्यले सङ्क्षिप्त समीक्षा प्रस्तुत गर्नु भएको थियो ।
– रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x