साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ कथा

Nepal Telecom ad

यो पुरानो कथा हो–
युवाहरू गाउँमै थिए । बुढाबुढीहरू पनि गाउँमै थिए । खेतबारीहरू कतै बाँझा थिएनन् । सबैतिर हराभरा थियो । गाउँका विवाहित महिलाहरू पनि हराभरा थिए ।

गाउँमा हरियाली त थियो तर बिस्तारै युवाहरू विदेसिन थाले । हुँदाहुँदा गाउँ त युवाविहीन पो हुन थाल्यो । हराभरा महिलाहरू पनि खेतबारीझैं बाँझै हुन थाले । गाउँमा बुढाबुढी र केटाकेटी मात्र बाँकी रहे । तिनले बाली लगाउन सक्ने कुरो भएन ।

यो नयाँ कथा हो–
गाउँका बुढाबुढीहरू पनि विदेश जान थाले । कोही चार महिना, कोही छ महिना, कोही एक वर्ष विदेश बसेर गाउँ फर्कन थाले । चौतारोमा गफ गर्ने पुरानो चलन हो । उनीहरू चियापसल तथा घरघरमा जम्मा भएर मात्र होइन, चप्पल जत्रा आधुनिक मोबाइल फोनबाट समेत गफ दिन थाले– ‘हाम्रो नेपाल त खत्तमै रहेछ नि ! त्यहाँ त टोपी खस्ने महल, चिल्ला बाटा, समुद्र, जे खाए पनि पाइने ।’

कुनै जमानामा विदेश जान नसकेका युवाहरू गाउँमा बस्न लाज मान्थे । आजभोलि विदेश नगएका बुढाबुढी गाउँमा बस्न लाज मान्न थालेका छन् ।

सेतै फुलेका तल्लाघरे बुढा लट्ठी टेकेर धनबहादुरको घर आए र गर्वका साथ भने— ‘हैन हौ, तँ कति पटक विदेश गइस्, हँ ? तेरा सबै छोराछोरी विदेश छन् ।’

उसलाई खुब लाज लाग्यो । उसले मनमनै भन्यो– ‘विदेश गएर फुर्ति देखाउन आएको बुढो । आफ्ना त छोराछोरी पनि मख्खिचुस परेछन्, यसो बाबुआमालाई बोलाउनु नि !’

तल्लाघरे बुढाले फेरि सोधे— ‘तँ अस्ट्रेलिया गइस् धने ?’
धनबहादुरले जवाफ दियो– ‘भिसा र टिकट त धेरै पटक पठाए । ज्योतिषले जहाज चढे प्रलय हुन्छ भनेर पो मार्यो ।’

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x