साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयुको प्रार्थना

पशुपतिनाथको मन्दिरभित्र पसे अनि आँखा चिम्लेर प्रार्थना गरे । नेता, ‘हे प्रभू ! मेरो लामो आयु होस् । यो गधाको पनि लामो आयु होस् ।’ मिस्टर, ‘हे प्रभू ! यो बेफकुफको अचुक हृदयघात होस् । मेरो लामो आयु होस् ।’

Nepal Telecom ad

रवीन्द्र समीर :

‘मैले तपाईंको पूरा विश्वास गरेर यो अर्बौं रुपैयाँ सुम्पेको छु । बाहिर पात नहल्लियोस्, धुवाँ नउडोस् अनि यो थैलीले दिन दुगुना रात चौगुना कमाओस् । दायाँबायाँ केही अप्ठ्यारो परे म छु । कति नम्बरी काम गर्ने हो गर्नुहोस् !’

उनले अझै थपे, ‘बुझ्नु भो ? यसको स्रोत खुलाउन मिल्दैन । मेरो वा मेरो परिवारको नाममा लगानी गर्न मिल्दैन । राजनीतिक भविष्यको सवाल छ । पैसा म दिँदै गर्छु । स्वीस बैंकमा राख्ने कि, स्वदेशमा लगानी गर्ने सबै तपाईंको जिम्मा । अरू त अरू मेरो घर, गाडी तथा सम्पूणर् जग्गाहरू तपाईंले आफन्तको नाममा किन्नुपर्छ ।’

नेताजीको दिनचर्या आजभोलि निकै तनावपूणर् छ । राति यता फर्कन्छन्, उता फर्कन्छन् ! अहँ ! उनलाई पटक्कै निन्द्रा लाग्दैन ।

‘स्याले ! त्यो मिस्टरले धोका दियो भने म अरबपतिबाट मानसिक अस्पतालमा पुग्नेछु ।’
उनले मनलाई सान्त्वना दिए, ‘मलाई धोका दियो भने आफ्नो प्राणपखेरू के हुन्छ भन्ने उसलाई राम्रोसँग थाहा छ, तसर्थ धोका दिन सक्दैन ।’ उनी ब्लु लेभल तीन पेग स्वाट्ट पारेर मज्जाले घुरे ।

बिहान उनलाई त्यही विषयमा तनाव भयो । ‘पैसा देखेपछि महादेवको त तेस्रो नेत्र खुल्छ भने त्यो गधाको के विश्वास ?’
उनी कालो सिसा भएको गाडी लिएर पशुपतिनाथमा दर्शन गर्न गए । उनको मिस्टरसँग त्यहीँ भेट भयो ।
दुवै जनाले हात मिलाउँदै एकअर्कालाई अँगालो हाले ।

आफ्नो जोडी दैवले जुराएको, संसारमा एकअर्काप्रति उनीहरूको जस्तो निःस्वार्थ प्रेम कसैको नभएको तथा एकआपसमा ज्यान दिन तयार भएको आदि प्रेमिल संवाद गरेपछि पशुपतिनाथको मन्दिरभित्र पसे अनि आँखा चिम्लेर प्रार्थना गरे ।

नेता, ‘हे प्रभू ! मेरो लामो आयु होस् । यो गधाको पनि लामो आयु होस् ।’
मिस्टर, ‘हे प्रभू ! यो बेफकुफको अचुक हृदयघात होस् । मेरो लामो आयु होस् ।’

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x