साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिलर हरायो

Nepal Telecom ad

कति दशकदेखि
सिंहदरबार भित्रै
हराएका छन् ‘पिलरहरू’
मर्मत गर्न नमिल्ने गरी
कुच्चिएका छन ‘पिलरहरू’
सिंहदरबार नै बलियो नभएपछि
हराउने नै भए सिमानाका पिलरहरू
सिंहदरबारको ‘पिलर’ नफेरेको होइन
मर्मत रंग रोगन नगरेको होइन
पिलरका डण्डीनै खिया परेर हो कि
वा कसैले कडा एसिड खन्याएर हो
बाहिरबाट अजङ्गको देखिने
सिंहदरबार
जहिले पनि भत्किने डर भइरह्यो
जब कमजोर बन्छन्
सिंहदरबारका ‘पिलरहरू’
कुच्चिने नै भए सिमानाका पिलरहरू
बेला बखत
सिंहदरबारकै पिलरहरू हराउँछन्
बाहिरबाट खोजेर पुन ठड्याइएको छ
बेला बखत
सिंहदरबारकै पिलर कुन मातले ढल्छन्
कति मुस्किलले सिंहदरबार
बोक्न लगाइएको छ
जब सिंहदरबारकै पिलरहरू
यति चन्चल हुन्छन् भने
भास्सिने नै भए सिमानाका पिलरहरू ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x