साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झरना साहित्यिक परिवारको प्रशिक्षण

Nepal Telecom ad

मकवानपुर, झरना साहित्यिक परिवारको आयोजना तथा वनफूल साहित्य परिवारको सहआयोजनामा कालिका उमावि, नामटारमा प्रशिक्षणात्मक साहित्य गोष्ठी आज सम्पन्न भएको छ । ५१ जना प्रशिक्षार्थीको सहभागिता रहेको कार्यक्रममा दीपक गौतमले कविता तथा विश्वनाथ सन्जेलले गजल सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

कवि तथा लघुकथाकार आर आर चौलागाईंको प्रमुख आतिथ्यता तथा साहित्यकार तथा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीको विशिष्ट आतिथ्यता रहेको सो कार्यक्रममा चिरञ्जीवी लामिछानेले सहजीकरण गर्नुभएको थियो ।

प्रतियोगितात्मक कार्यक्रममा कवितातर्फ सवित्री पराजुली र गजलतर्फ सुष्मा कँडेल उत्कृष्ट भएका थिए । सोही विद्यालयका प्राचार्य राजराम पराजुली समेत उपस्थिति रहेको कार्यक्रमको अध्यक्ष्यता वनफूल साहित्य परिवारका अध्यक्ष सुदन विश्वकर्माले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x