साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मालामाल दलाल छन् !

Nepal Telecom ad

कालो बजारका ठूला माफिया क्या कमाल छन्
उनैका पिछलग्गू यी मालामाल दलाल छन् !

हुन्छ लौ डनको पूजा, तस्करी छैन निन्दित
राज्यका दृष्टिमा सच्चा यिनै कर्मठ ‘लाल’ छन् !

तस्करैले टिकाएका रहेछन् राष्ट्रको साख
राज्यका के कुरा पूरै अन्तर्राष्ट्रिय जाल छन् !

जति भ्रष्ट भयो मान्छे उति नै मान पाइने
त्यसैले वस्त्र, खाद्यान्न, न जस्ता, न त्रिपाल छन् !

जेलबाट छुटेकैमा माला सय किलो हुने
भ्रष्टका स्वागतार्थीमा उनै ‘कल्लु–कलाल’ छन् !

ढोका अवश्य हात्तीका देखिने दाँतझैँ बने
लुकेरै फुत्त पस्ने यो भित्तामा कति झ्याल छन् !

पसेको– निस्किएको यो देख्नै सक्छ र को यहाँ ?
झ्याल मात्र कहाँ यस्ता अनेकौं खटप्वाल छन् !

गरी हिम्मत यो जालो काट्न तत्पर को हुने ?
तेर्छिएका तगारा छन्, अनगिन्ती बबाल छन् !

दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x