साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हराएको गौरव

Nepal Telecom ad

जन्मेथे उहिले त्रिकाल कहने ठूला महात्मा ऋषि
धेरै आस्तिक थे यही मुलुकमा धेरै थिए ज्योतिषी
ज्ञानी औ तपसी अहा ! कति भए नेपालकै गौरव
यौटै बुद्ध बने नक्षत्रसरिका आस्था उमारी सब ।

राम्रा शासक थे नखाइ जनता खानै नखाने उनी
सारा चिन्तन नै अमूल्य जनताका लागि गर्ने गुनी
यो नेपाल बनाउने किसिमका स्वप्ना हजारौं थिए
जसका लागि लडेर जीवन सबै यै राष्ट्रमा अर्पिए ।

सच्चा वीर थिए नि आज भुलियो जान्थे अगाडि सरी
आफ्नो ज्यान दिई बचाइकन यो राष्टै्र उज्यालो गरी
वैरीका सब योजना धमिलिए तिनका लिए हुर्मत
माटोको अपमान सुन्न नसकी गर्थे कसैले तप ।

ठूलो त्याग गरेर साहससँगै राष्टै्र बचाए अहो !
ती गाथा मनमा हुँदा पनि निकै हाम्रो खुसी उम्लियो
इच्छा निर्मल हो निस्वार्थ पनि हो पापै हुने बिर्संदा
छाती ढक्क फुली खुसी झलझली गौरवले सम्झिंदा ।

प्यारा भाइ थिए थिए नि बहिनी काका र काकी थिए
तिनका मित्र थिए अभिन्न सँगिनी बाबा र आमा थिए
छोरी दूधमुखे र पुत्र हँसिलो सारा सुखैमा थिए
ज्यानै ता प्रिय हो असाध्य सबको त्यै ज्यान नै सुम्पिए ।

धेरै मन्दिर छन् जता पनि अहो ! देखिन्छ क्या भव्यता
बाली धूप यसो चढाउँन परे छन् फूल औ अक्षता
साक्षात् देवहरू असङ्ख्य अनि छन् देवी उसै छन् यहाँ
इच्छा पूर्ण हुने यहाँ जति भए होलान् र अन्तै कहाँ ?

भूमी सुन्दर रुप हो अनुपमै क्यै छैन हाम्रो कमी
मान्छे छन् गुणवान तेज गतिला को हुन्छ ए ! बैगुनी
यस्तो र्सवगुणी छ देश तर खै क्यै छैन सम्पन्नता
त्यत्रा गौरवका कुरा सब उडी हाम्रा हराए कता ?

खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x