चन्द्र गुरूङत्यो झ्याल
सडकपारि
पल्लो घरमा एउटा अनुहारलाई
हरपल
ताक्ने गर्थेँ म
अर्थात्
हेरिरहन्र्थें त्यो झ्याललाई ।
झ्यालमा
त्यो अनुहारको जून उदाउँदा
मनको गल्लीतिर
मायाको प्रकाश फैलिन्थ्यो
चाहनाको वासना चल्थ्यो
बसेर रहरका चराचुरुङ्गी कुनाको ल्याम्पपोष्टमाथि
निदाउँथे हिँउदे रातहरू
सडकभरि खुशीको ओहोरदोहोर भइरहन्थ्यो
र, चोकतिर
चहलपहल गर्थे उमंगहरू ।
एकदिन
त्यो अनुहारले डेरा स¥यो
रुख झैँ उभिएको घरको हाँगाबाट गायब भयो एउटा फूल
र, झ्यालको पर्दामा
उदास उदास
हल्लिरहन्छ मेरो मुटु
धुकधुक !
धुकधुक !!
धुकधुक !!!
Subscribe
Login
0 Comments
Oldest








































