साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिँउको रङ

Nepal Telecom ad

घाम छिर्ने टोपी लगाएर
बिहानै कता हिँड्यो कुन्नि
उपल्लो गामको सोनामे शेर्पा ।

धेरै अगि गाममा
शहरबाट सरकार आउने हल्ला नचलेको हैन
र चलेकै हल्ला हो
सेतो पालले गाउँ सिँगारिने कुरा पनि ।

यतिबेला गँुरास फुलेको छैन गाउँमा
न त आएको छ ल्होसारको उल्लास ।
न भएको छ गुम्बामा बुद्धको स्तुति ।
कहाँ भ्याएका छन् र विचराहरुले यी सबै काम गर्न र गराउन ।
आँखा आकाशमा कुदाउँदैमा जान्छ दिन
र सुत्ने बेलामा सम्झछन् छेपारोको उखानजस्तै
सरकारको आगमन ।

धेरै भएको छैन
सरकारले दुईटा चाउचाउ र एक मुठी चिउरा बाँडेको,
त्यही खाएर भर्खर त उनीहरुले मनाएका हुन्
दशैँ र तिहार ।

सायद सरकारको खोजीमा
निस्केको हुनसक्छ सोनामे ?
सोनामेलाई आशा छ
यहाँ बाँसुरी बच्दैन निरोको रोममा जस्तै ।

हिजोबाट सरकारभन्दा छिटो भएको छ हिमाल
बस्ती सिँगार्न ।
उपहार पठाएको छ उसले पनि
सेताम्मे हिँउका आँकुराहरु ।

हिमाल पठाउँदै गर्दा हिँउको उपहार
नबिर्सनू नि तिमीले सरकाले जस्तै
भर्खर भूकम्पले हामीसित लगाएको साइनो
र नबिर्सनू यहीँ पुरिएका नानीहरुको रोदनको इतिहास ।

हामी हिमालकै कथाले विश्व थर्काइरहेछौँ ।

सरकार तिमी पनि पुग्यौ भने सोनामेको गाउँ
नझुक्किनू तिमीले बाँड्ने पाल र हिँउको रङमा ।
हिँउ पनि सेतै हुन्छ गाउँलेको मनजस्तै ।

तन्द्राङ, गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बा होइन पितामह

बा होइन पितामह

निशान निष्कर्ष
मुचुल्का

मुचुल्का

निशान निष्कर्ष
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x