सुलसुले‘स्रस्टाका सार्वभौम स्वरहरू’ कार्यक्रम
काठमाडौँ पौष २५, २०७२ । मिडिया इन्टरनेसनलको सहकार्यमा अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज, नेपालको आयोजनामा ‘स्रस्टाका सार्वभौम स्वरहरू’ वरिष्ठ कवि एवम् संस्क्रृतिविद तुलसी दिवसको प्रमुख आतिथ्य र अनेसास, नेपाल च्याप्टरका अध्यक्ष्य राधेश्याम लेकालीको अध्यक्ष्यतामा काव्य बाचन सम्पन्न भयो ।
सो अवसरमा विशिष्ट वक्ता डा. सुरेन्द्र केसी र समालोचक लिला लुइँटेल र कथाकार माया ठकुरीले मन्तब्य ब्यक्त गर्नु भएको थियो । बन्दीपुर वाङमय प्रतिष्ठानका अध्यक्ष्य भिष्म श्रेष्ठ र बन्दीपुर समाजसेवाका अध्यक्ष्य चिजकाजी श्रेष्ठको उपस्थिति भएको सो कार्यक्रममा कविहरू तुलसी दिवस, राधेश्याम लेकाली, महेश प्रसाई, कृष्ण जोशी, दिब्य गिरि, पूर्ण बिराम, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष्य रामकाजी कोने, विजयध्वज थापा, प्रमोद प्रधान, शशिथापा पण्डित, लक्ष्मी रुम्बा, भिष्म श्रेष्ठ, ममता शर्मा नेपाल, गीता कार्की, अनुपम रोसी, असिम सागर, विमला कोइराला, लक्ष्मी श्रेष्ठ, दिप्स शाह, सुष्मा खड्का, अमृता स्मृति, शुभ सन्ध्या, शशि पन्थी, सुबु लामिछाने, द्रोण पराजुली, निरञ्जन मोद्गल र माधव निर्दोष आदिले कविता, मुक्तक, गजल र गीत बाचन गर्नुभयो ।
देशको वर्तमान विषम अबस्थामा स्रस्टाहरूको तर्फाबाट पनि राज्यलाई जनताका दुख र पीडाप्रति ध्यानाकर्षण गराउन यस्ता कार्यक्रमहरू नियमित गर्ने उद्धेश्यले गठित यो कार्यक्रमले निरन्तरता पाउने छ भन्ने कुरा आयोजकले जानकारी गराउनु भयो । प्रमुख अतिथि तुलसी दिवसले लेखक देशको मात्र नभएर विश्वको नै हुने र लेखले पनि लेखेर मात्र होइन व्यवहारमा पनि आउनु पर्ने मन्तब्य व्यक्त गर्नु भयो । कवि यादव भट्टराईले संचालन गर्नु भएको यो कार्यक्रम निकै रोचक र सार्थक भएको सबैले महसुस गरेका थिए ।
Subscribe
Login
0 Comments
Oldest












































