साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो एकता

Nepal Telecom ad

बिगार्नेहरूहो बनाएर हेर
फुटाल्नेहरू जोर्न ता जोरिहेर
फुटे बालुवा जोरिए शैल बन्छ
महान् जोर्छ फोर्ने सधैं दुष्ट हुन्छ ।

यता एक कैंची छ जो काट्न सक्छ
धुजा पार्छ सिङ्गो फुटाएर छर्छ
उता माडले टाँस्छ टुक्रा मिलाई
यसैले भलो गर्छ यो विश्वलाई ।

तिमी माड बन्ने कि कैंची विचार
सके एकतामा नगर्नू प्रहार
तिमी आज ता हाँस्न सक्छौ भविष्य
तिमीमाथि धिक्कार गर्ला अवश्य ।

बडो दुःखले जोरिएको छ देश
सयौं जातिको धर्मको भिन्न वेष
मिलेको मुठी खोल्न कोही नखोज्नू
कुनै दुष्ट पाखण्ड जालो नरच्नू ।

नमस्कार गर्छौं सबै लाखवार
यहाँ भेदको तुच्छ लेदो नफार
सँगै छौं सँगै नित्य हामी रहन्छौं
व्यथा होस् मजा होस् मिलेरै सहन्छौं ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x