साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहको छालामा स्यालको रजाइँ !

Nepal Telecom ad

एउटा जङ्गलको राजा सिंह तपस्वीहरूको सङ्गतले तपस्या गर्न गएछ । तपस्या गर्दा–गर्दा ऋषि–मुनिहरूभन्दा जान्ने भएर निस्किएछ अरे ! सिंह त महात्मा बुद्ध जस्तै ज्ञानी र राजा शिवि जस्तै दानी पनि भएर निस्किएछ । ऋषिहरूलाई इख लागेछ । तिनीहरूले नजिकै बसेको एउटा धूर्त स्याललाई भेटेछन् । स्याल जाडाले कठ्याङ्ग्रिएर बसेको थियो । “ए, स्याल भाइ ! तिमीलाई जाडो भयो ?” सोधेछन् । स्यालले भनेछ–“जाडो भयो भनेँ भने तिमीहरू छाला काढेर मलाई दिन सक्छौ ?” ऋषिहरूले आफूले दिन नसके पनि महात्मा सिंहले चाहिँ पक्कै दिनेछन् भन्ने बुझेर धूर्त स्याललाई सिंहकहाँ पठाएछन् । समदर्शी सिंहले निकै प्रसन्नतापूर्वक आफ्नो छाला काढेर स्याललाई दिएछ । महात्मा सिंहको दानशीलता देखेर प्रसन्न भएका राजा इन्द्रले आफ्नो सिंहासन नै सुम्पिएछन् । त्यसै समयदेखि राजाको आसनलाई पनि सिंहासन भन्ने चलन चल्यो होला । अनि ‘बाघको छालामा स्यालको रजाइँ’ भन्ने उखान पनि बन्योे । बाघको सट्टामा सिंहको भन्नुपथ्र्यो । हाम्रा पुर्खाले बिगारेर बोलेछन्, क्यारे !

नेपाली भाषा संस्कृतबाट जन्मिएको भाषा हो । लिच्छविकालसम्म नेपालको राजभाषा संस्कृत थियो । संस्कृत भाषाको सर्वाधिक प्रतिनिधित्व गर्ने भाषा नेपाली हो । पाठकवृन्द ! तपाईंहरूलाई लाग्ला, नेवारहरू शुद्ध नेपाली बोल्न र लेख्न जान्दैनन् । यो बुझाइ आजैदेखि मेटाइदिनुहोला । नेपाली भाषा शुद्धसँग बोल्न र लेख्न नेवारले जस्तो अरूले सक्तैनन् । अति नै प्रचलित संस्कृत शब्दकोश‘अमरकोश’का कोशकार नेपालकै नेवार अमरसिंह शाक्य हुन् । नेपालमा अहिले भएका संस्कृतका विद्वान्हरू गन्दै जानुहोस् । सबैभन्दा बढी सङ्ख्या नेवारकै पाउनुहुन्छ । नेपालमा छापिएका नेपाली र संस्कृत भाषाका पुस्तकहरूमध्ये धेरै पुस्तकहरू ‘रत्न पुस्तक भण्डार’ बाट प्रकाशित भएका छन् । त्यहाँका प्रमुख रत्नप्रसाद श्रेष्ठ नेवारै हुन् । युगकवि सिद्धिचरण श्रेष्ठ अति नै मीठा कविता लेख्थे । छन्दमा लेखिएका उनका कविताहरू रसबरीभन्दा मीठा छन् । नेपाली साहित्यको विकासमा जीवन समर्पण गर्ने ऋद्धिबहादुर मल्ल, विजय मल्ल, गोविन्दबहादुर मल्ल गोठाले, कृष्णचन्द्रसिंह प्रधान आदिको लामो लर्को छ । कुमारबहादुर जोशी त नेपाली र संस्कृतका धुरन्धर विद्वान् हुन् ।

सुन्दा अचम्म लाग्ला । नेपाली भाषाको व्याकरण लेख्ने पहिलो नेपाली व्याकरणकार अमृतानन्द बाँडा हुन् । उनले संस्कृत, नेपाली र नेवारीको त्रैभाषिक व्याकरण लेखेका थिए ।

नेपाली भाषालाई शुद्धसँग लेख्न सिकाउनेहरूमा हृदयचन्द्र सिंह प्रधानको नाम सबैभन्दा माथि राख्नुपर्छ । प्रधानले सातै दिनमा नेपाली भाषा शुद्धसँग लेख्न सिकाउने ‘शब्द–शुद्धि–विज्ञान’ भन्ने पुस्तक लेखेका छन् । योबाहेक उनका अरू पनि व्याकरणहरू छन् । यसमा चाहिँ संस्कृतका सर्वश्रेष्ठ व्याकरणकार पाणिनिलाई बिर्साउने खालका सूत्रहरू छन् ।

संयोग नै होला । नेपालमा हृदयचन्द्र सिंह प्रधानको जत्तिकै योगदान भारतमा पारसमणि प्रधानको छ । यी दुवै जना मूर्धन्य व्यक्तित्वहरू नेवार जातिका हुन् । अहिलेका भाषाविद्हरूले हृदयचन्द्र सिंहको नाम पनि टुक्रा–टुक्रा पारे । उनको लोकप्रिय उपन्यासलाई पनि काटकुट पारेर छपाए । शीर्षकको अर्थ आफैँ बुझ्नुहोला ।

नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
0
Would love your thoughts, please comment.x
()
x