साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहको छालामा स्यालको रजाइँ !

Nepal Telecom ad

एउटा जङ्गलको राजा सिंह तपस्वीहरूको सङ्गतले तपस्या गर्न गएछ । तपस्या गर्दा–गर्दा ऋषि–मुनिहरूभन्दा जान्ने भएर निस्किएछ अरे ! सिंह त महात्मा बुद्ध जस्तै ज्ञानी र राजा शिवि जस्तै दानी पनि भएर निस्किएछ । ऋषिहरूलाई इख लागेछ । तिनीहरूले नजिकै बसेको एउटा धूर्त स्याललाई भेटेछन् । स्याल जाडाले कठ्याङ्ग्रिएर बसेको थियो । “ए, स्याल भाइ ! तिमीलाई जाडो भयो ?” सोधेछन् । स्यालले भनेछ–“जाडो भयो भनेँ भने तिमीहरू छाला काढेर मलाई दिन सक्छौ ?” ऋषिहरूले आफूले दिन नसके पनि महात्मा सिंहले चाहिँ पक्कै दिनेछन् भन्ने बुझेर धूर्त स्याललाई सिंहकहाँ पठाएछन् । समदर्शी सिंहले निकै प्रसन्नतापूर्वक आफ्नो छाला काढेर स्याललाई दिएछ । महात्मा सिंहको दानशीलता देखेर प्रसन्न भएका राजा इन्द्रले आफ्नो सिंहासन नै सुम्पिएछन् । त्यसै समयदेखि राजाको आसनलाई पनि सिंहासन भन्ने चलन चल्यो होला । अनि ‘बाघको छालामा स्यालको रजाइँ’ भन्ने उखान पनि बन्योे । बाघको सट्टामा सिंहको भन्नुपथ्र्यो । हाम्रा पुर्खाले बिगारेर बोलेछन्, क्यारे !

नेपाली भाषा संस्कृतबाट जन्मिएको भाषा हो । लिच्छविकालसम्म नेपालको राजभाषा संस्कृत थियो । संस्कृत भाषाको सर्वाधिक प्रतिनिधित्व गर्ने भाषा नेपाली हो । पाठकवृन्द ! तपाईंहरूलाई लाग्ला, नेवारहरू शुद्ध नेपाली बोल्न र लेख्न जान्दैनन् । यो बुझाइ आजैदेखि मेटाइदिनुहोला । नेपाली भाषा शुद्धसँग बोल्न र लेख्न नेवारले जस्तो अरूले सक्तैनन् । अति नै प्रचलित संस्कृत शब्दकोश‘अमरकोश’का कोशकार नेपालकै नेवार अमरसिंह शाक्य हुन् । नेपालमा अहिले भएका संस्कृतका विद्वान्हरू गन्दै जानुहोस् । सबैभन्दा बढी सङ्ख्या नेवारकै पाउनुहुन्छ । नेपालमा छापिएका नेपाली र संस्कृत भाषाका पुस्तकहरूमध्ये धेरै पुस्तकहरू ‘रत्न पुस्तक भण्डार’ बाट प्रकाशित भएका छन् । त्यहाँका प्रमुख रत्नप्रसाद श्रेष्ठ नेवारै हुन् । युगकवि सिद्धिचरण श्रेष्ठ अति नै मीठा कविता लेख्थे । छन्दमा लेखिएका उनका कविताहरू रसबरीभन्दा मीठा छन् । नेपाली साहित्यको विकासमा जीवन समर्पण गर्ने ऋद्धिबहादुर मल्ल, विजय मल्ल, गोविन्दबहादुर मल्ल गोठाले, कृष्णचन्द्रसिंह प्रधान आदिको लामो लर्को छ । कुमारबहादुर जोशी त नेपाली र संस्कृतका धुरन्धर विद्वान् हुन् ।

सुन्दा अचम्म लाग्ला । नेपाली भाषाको व्याकरण लेख्ने पहिलो नेपाली व्याकरणकार अमृतानन्द बाँडा हुन् । उनले संस्कृत, नेपाली र नेवारीको त्रैभाषिक व्याकरण लेखेका थिए ।

नेपाली भाषालाई शुद्धसँग लेख्न सिकाउनेहरूमा हृदयचन्द्र सिंह प्रधानको नाम सबैभन्दा माथि राख्नुपर्छ । प्रधानले सातै दिनमा नेपाली भाषा शुद्धसँग लेख्न सिकाउने ‘शब्द–शुद्धि–विज्ञान’ भन्ने पुस्तक लेखेका छन् । योबाहेक उनका अरू पनि व्याकरणहरू छन् । यसमा चाहिँ संस्कृतका सर्वश्रेष्ठ व्याकरणकार पाणिनिलाई बिर्साउने खालका सूत्रहरू छन् ।

संयोग नै होला । नेपालमा हृदयचन्द्र सिंह प्रधानको जत्तिकै योगदान भारतमा पारसमणि प्रधानको छ । यी दुवै जना मूर्धन्य व्यक्तित्वहरू नेवार जातिका हुन् । अहिलेका भाषाविद्हरूले हृदयचन्द्र सिंहको नाम पनि टुक्रा–टुक्रा पारे । उनको लोकप्रिय उपन्यासलाई पनि काटकुट पारेर छपाए । शीर्षकको अर्थ आफैँ बुझ्नुहोला ।

नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x