साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खरानी बनाए

Nepal Telecom ad

कुनै भन्छ टुक्रा गरी भाग लाऊँ
कुनै भन्छ देऊ कलेजो म खाऊँ
लुछी सेकुवा खान यी सल्बलाए
र, यो देशलाई खरानी बनाए ।

थियो विश्वमा शान्तिको पुज्य ठाऊँ
चिनारी थियो बुद्धको एक नाऊँ
बिरानो कुनै त्यो कहानी तुल्याए
र, यो देशलाई खरानी बनाए ।

छ माटो सुनौलो धरा उर्वरा छन्
यहीँ स्वर्ग झुल्ने पखेरा गरा छन्
सबै सिर्जनामाथि आगो खन्याए
र, यो देशलाई खरानी बनाए ।

बोलाएर व्याधा चढाई सुपारी
छ यो राष्ट्रमा मृत्युको खेल जारी
यताका उताका मलामी जुटाए
र, यो देशलाई खरानी बनाए ।

न आमा भने मर्ममा हात हाले
उँखुझैं बनाए चुसी स्वाद फाले
डढाएर खोस्टा रसेटो तताए
र, यो देशलाई खरानी बनाए ।

यहीँ कस्तुरी मृतसञ्जीवनी छन्
यहीँ प्रेम बर्षाउने जीवनी छन्
सबै सम्पदामा डढेलो लगाए
र, यो देशलाई खरानी बनाए ।

उतैको छ गोली निशाना उतैको
छ बोक्सी उतैको र धामी उतैको
सलाई उतैबाट कोरी पठाए
र, यो देशलाई खरानी बनाए ।

दुःखेको छ छाती कहाँ भन्न जाऊँ
चढाऊँ कहाँ बिन्ति मैले बिसाऊँ
थुनी चोक नाका रत्यौली मनाए
र, यो देशलाई खरानी बनाए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x