साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुहार–किताब !

Nepal Telecom ad

पढेकै हुन्न ‘मान्छे’ले त्वरित् मन पराउँछ
बनाई धारणा छिट्टै टिप्पणी पनि आउँछ !
नबुझी भाव–भाषा नै अर्थ के लेख्नु–भन्नुको ?
यही नै सार हो के हो अनुहार–किताबको ?
(१)

विवाह, जन्म, पास्नी वा ‘वर्थडे’ केकसाथ होस्
गाला जोरेर मस्केका प्रेमी युगल–गाथ होस्
बिदाइ वा बधाईका फोटो–प्रदर्शनी कि यो ?
यही नै काम हो के हो अनुहार–किताबको ?
(२)

गुनासा र गथासाका पोका खोल्ने कि ठाउँ हो ?
कति ता नचिनेकै छन् गर्छ के कुन काम यो ?
तर आत्मीय लाग्छन् यी मित्र हुन् सम–भावको
उपलब्धि यही नै हो अनुहार–किताबको ?
(३)

कि राष्ट्रिय समस्यामा विचार तीक्ष्ण राखियोस्
कि व्यक्तित्व उठोस् यस्तो विशिष्ट चेतना मिलोस्
सूचना पाइयोस् नौला, कि होस् काम सुझावको
महत्व यसरी बढ्थ्यो अनुहार–किताबको !
(४)

पद्य सुन्दर बान्कीका, मीठो, गजल गीत होस्
विधा जे होस् चमत्कारी नौलो प्रयोग–रीत होस्
मिलोस् साहित्यको मीठो स्वाद दीर्घ(प्रभावको
औचित्य पुष्टि होस् आफैं अनुहार–किताबको !
(५)

काव्यका भावमा रम्ने पुराना र नयाँ कवि
या होउन् जोसुकै विज्ञ फिजाऊन् चेतना–रवि
अभिव्यक्त हुने साझा बनोस् मन्च सुभावको
प्रभाव निश्चयै बढ्ला अनुहार–किताबको !
(६)

सद्भाव टुक्रिने जस्ता गर्दै भ्रमित टिप्पणी
कि उत्तेजित पार्दैछन् कतै संजालले पनि ?
विवेचना गरून् विज्ञ सत्य तथ्य निसाफको
यही नै धर्म होला यो अनुहार–किताबको !
(७)

छरिएर रहेकै छन् बस्ती, बस्दछ को कता
सद्भावना रहे मात्रै टिक्छ राष्ट्रिय एकता !
उपेक्षा र घृणा गर्दै लेखिने व्यंग्य–भावको
यो उद्देश्य कहाँ हो र अनुहार–किताबको !
(८)

आपसी प्रेमको भाषा सिक्ने स्थल यही बन्यो
मनको दिव्य सौन्दर्य छताछुल्ल हुने भयो !
अनौठो भाइचारा यो कस्तो विश्व–प्रभावको
आहा, लक्ष निकै राम्रो अनुहार–किताबको !
(९)

खकुरेल, निरौला हुन्, रेग्मी, देव र होम हुन्
वस्ती, ढकाल औ आर्य, जय, पाण्डेय, सोम हुन्
कविका रचना राम्रा निश्चयै दृष्टि–भावमा
डुबेरै दिन बित्दैछन् अनुहार–किताबमा !
(१०)

दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x