प्रेम ओली ढकलपुरेउडुस नारायण
आऊ उडुस नारायण आऊ
हाम्रो पसिना त खायौ खायौ
अब हाम्रो राहत पनि खाऊ ।
भुकम्पले पनि जे ग¥यो
हामीलाई मात्र ग¥यो
न तिमीलाई के गर्यो ?
न तिम्रा बाआमालाई गर्यो
यो भुकम्प पनि कस्तो पक्षपाती
खाली हामीलाई मात्र बिगार्यो ।
उडुस नारायण त
साच्चैका नारायण नै हुन् कि !
यिनलाई त
कतै केही भाको सुनिएन
यत्रा मान्छे पुरिए
तर एउटा उडुस नारायण
कही कतै घरमा थुनिएन
आऊ उडुस नारायण आऊ
हाम्रो रगत पनि तिमीले नै खायौ
अब हाम्रो राहत पनि खाऊ ।
तिमी अघायौ भने पो
बल्ल हामीले केही पाइएला
पहिले तिमीले टन्न खाए पो
अलिकति भए पनि खाइएला
भुकम्प पीडितको पाल पनि
तिमी नै लैजाऊ
राहतको रकम झ्वाम पारेर
करोडपति पनि तिमी नै भैजाऊ
जुकाहरूले पनि हामीलाई चुसे
मच्छेडहरूले पनि हामीलाई डसे
आऊ उडुस नारायण आऊ
यो मौका फेरि नआउला
टन्न हसुरेर जाऊ ।
पीडितलाई आको
कर्कट पाता बेचेर हुन्छ कि पाल बेचेर हुन्छ
राहतको दाल बेचेर हुन्छ कि थाल बेचेर हुन्छ
टन्न गाँठ कमाऊ टन्न नोट समाऊ
पीडितलाई त हुन्छ भने कोट थमाऊ
आऊ उडुस नारायण आऊ
हामी त यसै पनि बाँच्न जानेका छौँ
बरु तिमीहरू नै टन्न खाएर जाऊ ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































