साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अप्रेसन

Nepal Telecom ad

एम्बुलेन्सबाट स्ट्रेचरमा झार्दै उसलाई अस्पतालमा पु¥याइयो । अप्रेसन थिएटरमा उसका सम्पूर्ण कपडा र चीजबिजहरू एक–एक गर्दै खोले र डक्टरहरूले तर्कवितर्क गर्न थाले, ‘‘होइन यसलाई के भएको हो, हलचल त गर्दैन त ? घाउ पनि कतै छैन, हात पनि भाँचिएको छैन, खुट्टा पनि दुरुस्त छ, ढाड पनि केही भएको छैन, केको अप्रेसन गर्ने हो यसको ? खै यसको एक्स–रे रिर्पोट ?’’

‘‘एक्स–रे रिर्पोट किन चाहियो ? एक्स–रे रिर्पोट बिना पनि यसको अप्रेसन गर्न सकिन्छ ।’’ अर्को डक्टर कड्कियो । ‘‘के को अप्रेसन गर्ने, कुन अंग अप्रेसन गर्ने, के गर्दा घाइते भएको हो त्यो त कमसेकम थाहा पाउनु पर्यो नि त । तपाईंहरू परिपक्व डक्टर भएर पनि यस्तो ख्यालठट्टा गर्नुहुन्छ ।’’ अर्को डक्टरले गम्भीर भएर कुरा राख्यो ।

‘‘पदैन, पर्दैन एक्स–रे गर्नु पर्दैन, विनाएक्स–रे पनि अप्रेसन गर्न सकिन्छ । उसको अप्रेसन गर्ने अङ्ग भित्र भनौँ भने बाहिरै छ, बाहिर भनौँ भने भित्रै छ ।’’

‘‘को मान्छे हो त यो ?’’ अर्को डक्टरले सोध्यो ।
‘‘जो सुकै होस् न किन चाहियो त ? मान्छेभन्दा पनि अप्रेसन ठूलो कुरा हो ।’’ अर्को डक्टरले पुलुक्क हे¥यो ।
‘‘के गर्दा बेहोस भएको रहेछ नि ?’’ अझ अर्को डक्टरले सोध्यो ।
‘‘कानुन नमान्दा बेहोस परेको रे ।’’ बरिष्ठ डक्टरले भन्यो ।
‘‘कानुन नमान्दा ? ए ! यो वकिल हो कि न्यायाधीश ? ’’
‘‘वकिल र न्यायाधिशभन्दा पनि माथ्लो भन्छन्’ अर्को डक्टरले भन्यो ।
‘‘के को अप्रेसन गर्ने त ?’’ अझैँ अर्कोले सोध्यो ।
‘‘बोलीको अप्रेसन’’ अर्कोले जवाफ दियो ।
‘‘बोलीको भन्नु’भो या गोलीको मैले त अझैँ बुझेन नि !’’
‘‘गोलीको अप्रेसन त गोलीको नै हो तर बोलीको गोलीको अप्रेसन गर्नुप¥यो रे !’’
‘‘बोलीको ?’’ सबै डक्टरहरू हेरेको हे¥यै भए । ‘‘बोल्यो कि त देशै अवरुद्ध भइहाल्छ त्यसैले उहाँको बोलीको अप्रेसन गर्नु¥यो । त्यसो त बोली निस्कने मुखबाट नै हो त्यो पनि मुख्य भूमिका त जम्पिङ जिब्रेले नै खेल्छ त्यसैले उहाँको जिब्रोको अप्रेसन गर्नुप¥यो ।’’
‘‘के गर्ने त काटेर फालिदिने ?’’ पहिलो डक्टरले सोध्यो ।
‘‘कि अर्को थपिदिने ?’’ दोस्रो डक्टरले भन्यो ।
‘कि खोल हालिदिने ?’’ तेस्रो डक्टरले भन्यो ।
‘‘कि दुईचिरा पारिदिने ?’’ चौँथो डक्टरले भन्यो ।
‘‘कि जिब्रामा गल झुन्ड्याइदिने ?’’ पाँचौँ डक्टरले भन्यो ।
‘‘कि आधा काटेर छोटो बनाइदिने?’’ छैठौँ डक्टरले भन्यो ।
‘‘अप्रेसन गर्ने डक्टरलाई मार्ने कानुन बनायो भने !’’ सातौँ डक्टर बोल्यो ।
‘‘कानुन बनाउन सक्ने भए त फ्यान्ट नै हुने थिएन नि !’’ आठौँ डक्टर बोल्यो ।
‘‘त्यसो भए यसको जिब्रो कस्तो रहेछ हेरौँ न त !’’ सबै डक्टरहरू यसको जिब्रो चेक गर्न राजी भए । औजारहरू प्रयोग गरेर उसको मुख फट्याइयो र जिब्रो निरीक्षण गर्न थालियो ।

‘‘ओहो ! यसको जिब्रोमा त लेबल टाँसेको रहेछ ! जिब्रा दुईटा रैछन्, एउटामा नेपाली र अर्कोमा विदेशी लेखेको रै’छ ! एउटामा गर्नपर्छ भने अर्काेमा गर्नहुँदैन भन्ने लेखेकोछ । तर विदेशी लखेको जिब्रोले दुइटै जिब्रोलाई घपलक्क छोपेको रै’छ, अब के गर्ने ?’’ मुख्य डक्टरले अन्य डक्टरहरूसँग सोध्यो ।

यस्ता दुइजिब्रेहरूको काम छैन दुइटै जिब्रालाई काटेर मिल्काइदे¬¬¬ऊ अन्य डक्टरहरूले भने, ‘बिरामी ल्याउने चाहिँ को हो उसलाई सोधौँ न’ भन्दै एउटा डक्टर बाहिर आएर कराउन थाल्यो–‘‘फल्ना बिरामीको धरालु को हो ?’’
‘‘हामी हौं ।’’ ठूलो जनसमूह चिच्याउन थाले ।
‘‘कस्तो अप्रेसन गर्ने त उसको ?’’ फेरि डक्टर चिच्यायो ।
‘‘त्यो दुईजिब्रेको विदेशी लेखेको लेबललाई कटाइदिनुस् र एउटा जिब्रो बनाइदिनुस् ।’’

डक्टर हतार हतार अप्रेसन थिएटरतिर गयो र मुख्य डक्टरहरूलाई सबै कुरा बतायो । फेरि उसको मुख फट्याउँदै विदेशी लेखेको लेबललाई काटेर फाल्दै सुपर ग्लूको ठूलो बोतल टेबलमा ल्यायो र उसका दुईवटा जिब्रोको बीचमा लततत् सुपर ग्लु खन्यायो र चेप्टाइदिएर एउटै बनायो ।

अब यो कस्तो बोल्ला भन्ने उत्सुकताको साथ होसमा नआउँदासम्म डक्टरहरू उसको वरिपरि घेरिएर बसे ।
अस्तु !

प्युठान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छानबिन आयोग

छानबिन आयोग

नारायण आचार्य
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x