साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निरन्तरता माथि प्रश्न

Nepal Telecom ad

“ए ! कान्छी दुलै, तँ के भा’कि हँ ? धारामा हप्तादिनमामात्र पानी आउँछ भन्ने तँलाइ था’छैन ? कि अर्काको मुख ताकेरमात्र हुन्छ ?“ सासूले बुहारी थर्काइन् ।

“मुख ताकेकी हैन आमा स शरीर यस्तरी गलेको छ कि चल्न चट्पटाउँनै मानेको छैनस् त्यसैले एक्छिन आराम गरेरमात्र भरौ कि भनेर…..।”– बुहारीले कठिनाइ बताइन् ।

“बाल्टीमा पानी भरेर जाबो तीन तलामाथी लान पनि डाडै उक्लनु परेझै कुरा पो गर्छे त है यो ।”– सासू फेरि जङ्गिइन् र फत्फताइन– “यी सहरका केटी त कामै नलाग्ने हुँदारान बाबै ।“

सासू र देउरानीको वार्तालाप सुनिरहेकी अर्की बुहारीले देउरानीलाइ ससूले भारी काममा दल्न आँटिन भन्ने अनुमान लगाएर सासूका कुरामा हस्तक्षेप गर्दै भनिन्– “के भन्नू भएको आमा तपाइँले ? यस्ता बेलामा त गर्भवती महिलाले आराम गर्नुपर्छ, गह्रौ भारी उचाल्नु हुँदैन, पोषिला र तागतिला खानेकुरा खानुपर्छ, हल्का एक्सरसाइज गर्नुपर्छ र टेन्सन भनें फिटिक्कै लिनु हुँदैन पो त कहाँ पानी बोकेर तिनतला माथि लैजा भन्नुभ’को ?”

“ल ! ल ! तँ जान्ने पल्टिएर ओड पस्नु पर्दैन ।के गर्न हुन्छ के गर्न हुँदैन मलाई पनि था’छ । तेरो लोग्नेलाई मैले जङ्गलमा दाउरा काट्न जादा पा’की हुँ र दाउराको भारीसँगै घर लिएर आ’की हुँ, एक बिहानको बाटो पानी बोकेर १७ जनाको घाटी भिजाउने पनि मै हुँ र चारमाउ लैना गाई भैंसी र त्यतिनै बाख्रापाठा स्याहार्ने पनि मै हुँ मलाइ त बैलै बसेझै पो गर्दा र’छन् र सिकाउँदा र’छन् बड यी छौडाहरू त ।” सासू झन बाउठिइन् र दाहिने हात बुहारी तेर्स्याएर आफ्नो कुच्चिएको औलो देखाउँदै थपिन्– “यी जाँतो पिध्न न जानेर सासूले कुच्च्याइ दिएको मेरो हात, अब मैले पनि यसै गर्नु पर्यो ? बड यिनीहरूलाई मात्र आराम गर्नु पर्ने !”

“त्यो त शिक्षा र चेतनाको कमि साथै सिकाउने मानिसको अभाव भएर हो नि त आमा, तपाइलाई यसरी कसले सिकायो र !”– बुहारीले सालिन भएरै सासूलाई सम्झाउन कोशिस गरिन् ।

हामीलाई हाम्री सासूले जस्तो सिकाइन त्यस्तै सिक्यौ के प्यार(प्यार गरि रहन्छेस् ?”– सासू नयाँ यूगमा उत्रिन चाहिनन् ।

“सासूबाट तपाईंले आफ्ना बुहारीलाइ पनि दुस्ख दिन त सिक्नुभएछ तर मेरा बुहारीले चै सासूबाट मैलेजस्तो हण्डर खानु नपरोस् भनेर चै किन सिक्नु भएन आमा ?” –बुहारीको सालिन भाषामै प्रश्न थियो ।

गौरादह–१२, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x