साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फरक

Nepal Telecom ad

बाबुआमा नै बच्चालाई लिएर डाक्टरको क्लिनिकमा आएका थिए । बच्चा आमाको काखमा बसेको थियो । डाक्टरले सोधे— ‘के भयो बच्चालाई ?’

बच्चाको आमाले भनी— ‘हिजो एकैपटकमा आधा किलो कालो अङ्गुर खायो । आज झाडापखाला लाग्यो ।’ 
डा. शर्माले जाँचेपछि औषधि लेखिदिए ।

‘डाक्टर साहेब ! खाना रुच्ने औषधि र भिटामिन पनि लेखिदिनुस् है । यसलाई हर्लिक्स, च्यवनप्रास, अनार, स्याउ, च्याउ खुवाउन हुन्छ कि हुँदैन ?’ उसका बाबुले सोध्यो । 
‘यसले के–के बार्नुपर्छ ?’ आमाले सोधी ।

डा. शर्माले भने— ‘अहिले माछामासु अनि धेरै चिल्लो नखुवाउनुहोला । झोलिलो एवम् पच्न सजिलो खाना दिए हुन्छ ।’ 
आमाले आश्चर्य मान्दै भनी— ‘यसले मासुबिना त भागै बस्दैन ।’

डा. शर्माले सोधे— ‘तपाईंहरु के काम गर्नुहुन्छ ?’
बाबुले भन्यो— ‘म घर बनाउने लेबर हुँ । यसलाई घरमै केटाकेटी हेर्दा फुर्सद छैन ।’

त्यसपछि अर्को बच्चाको जाँच्ने पालो आयो । डाक्टरले सोधे— ‘के भयो बाबुलाई ?’
‘दुई महिना भयो रुन थालेको, शरीर सुकेर मुरली भयो, पेट दमाहा जस्तो छ । मेडिकलबाट औषधि किनेर खुवाएको थिएँ, कामै गरेन ।’

डा. शर्माले जाँचेर औषधि लेखे । बाबुले भन्यो— ‘डाक्टर साहेब ! एकदुई वटा मात्र औषधि हाफ डोज लेखिदिनुहोस् है !’ 
आमाले सोधी— ‘यसलाई के खुवाउने, के नखुवाउने ?’

डा. शर्माले भने— ‘बाबुलाई कुपोषण भएको छ । सागसब्जी, फलफूल, माछामासु, दूध, अन्डा लगायत राम्रो खाना खुवाउनुहोला ।’
बाबुले भन्यो— ‘यस्तो महँगीमा फलफूल, माछामासु, दूध, अन्डा कसरी किन्न सकिन्छ र ?’

डा. शर्माले सोधे— ‘तपाईंहरु के काम गर्नुहुन्छ ?’
बाबुले भन्यो— ‘मेरो ठूलो व्यवसाय छ । उनी बैंकको म्यानेजर हुन् ।’

काठमाडाैं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
0
Would love your thoughts, please comment.x
()
x