सभ्यता—शान्ति गिँड्छौं !
एक्लै आयौं, अवनि–तलमा, जानु पर्ने छ एक्लै
राम्रा–राम्रा, उपकृति हुने, गर्नू निष्काम बेग्लै ।
भन्छन् हाम्रा, श्रुति–उपनिषद्, प्राज्ञ वा नीतिवेत्ता
हामी बन्छाँै, तर किन यहाँ, क्रोध वा लोभमत्ता ।।१।।
चुर्लुम्मै छौं, स्वहित–हकमा, मोह दम्भै उठाई
चुस्दै घुम्छौं, विकल–जनता, विश्वलाई ढँटाई ।
मारी आध्यात्मिक मति अहो ! बर्बराएर हिँड्छौं
मात्रै हामी पद–मद पिई, सभ्यता–शान्ति गिँड्छौं ।।२।।
धादिङबेँसी