साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उडुस नारायण

Nepal Telecom ad

आउ उडुस नारायण आऊ
हाम्रो पसिना त खायौ खायौ
अब हाम्रो राहत पनि खाऊ ।

भुकम्पले पनि जे गर्यो
हामीलाई मात्र गर्यो
न तिमीलाई कै गर्यो
न तिम्रा बाआमालाई गर्यो
यो भुकम्प पनि कस्तो पक्षपाती
खाली हामीलाई मात्र बिगार्यो ।

उडुस नारायण त
साँच्चैका नारायण नै हुन कि !
यिनलाई त
कतै केही भाको सुनिएन
यत्रा मान्छे पुरिए
तर एउटा उडुस नारायण
कही कतै घरमा थुनिएन
आऊ उडुस नारायण आऊ
हाम्रो रगत पनि तिमीले नै खायौ
अब हाम्रो राहत पनि खाऊ ।

तिमी अघायौ भने पो
बल्ल हामीले केही पाइएला
पहिले तिमीले टन्न खाए पो
अलिकति भए पनि खाइएला
भुकम्प पीडितको पाल पनि
तिमी नै लैजाऊ
राहतको रकम झ्वाम पारेर
करोडपति पनि तिमी नै भैंजाऊ
जुकाहरूले पनि हामीलाई चुसे
मच्छेरहरूले पनि हामीलाई डसे
आऊ उडुस नारायण आऊ
यो मौका फेरि नआउँला
टन्न हसुरेर जाऊ ।

पीडितलाई आको
कर्कटपाता बेचेर हुन्छ कि पाल बेचेर हुन्छ
राहतको दाल बेचेर हुन्छ कि थाल बेचेर हुन्छ
टन्न गाँठ कमाऊ डन्न नोट समाऊ
पीडितलाई त हुन्छ भने कोट थमाऊ
आऊ उडुस नारायण आऊ
हामी त यसै पनि बाँच्न जानेका छौँ
बरु तिमीहरू नै टन्न खाएर जाऊ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x