साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल आमाप्रति

Nepal Telecom ad

मेरो यो मनभित्र एक जननी अर्को छ नेपाल यो
यी आँखा द्वयमा हिमालयसँगै होस् शैल सञ्जाल यो ।
छातीमा मुटु हुन्छ देश त्यसको दायाँ र बायाँ रहे
सारा जोखिम मोल्छु हात द्वयमा माटो र झन्डा भए ।।

आमाको पहिचान उच्च जगमा सन्तानका कारण
गर्दा मिल्दछ शान्ति,कान्ति ममता नेपाल उच्चारण ।
गोर्खाली पहिचान साहस ठुलो त्यो युद्धको कौशल
नेपाली गरिमा र शान्तिप्रियता फैलोस् बनी उज्ज्वल ।।

हे आमा घरका विभीषणहरू लागे विपक्षीसित
लड्छन् दाजु र भाइ हुन्छ कुभलो लङ्का डढे झैँ कि त ।
अन्माऊ अझ एकचोटि भृकुटी,सीता भए सम्भव
जन्माऊ अझ बुद्धतुल्य जगमा अर्को महामानव ।।

बस्छन् मूर्ख जहाँ बनेर बलिया विद्वान् रहन्नन् त्यहाँ
त्यागेथे दरबार नै विदुरले अन्याय हुन्थ्यो जहाँ ।
‘ब्बाँसा’ मिल्छ सिनो भनेर नजिकै आएर बाटो ढुके
नेपाली ’यदु वंश’ झैँ पतनको सङ्घारमा पो पुगे ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x