साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढोडको कथा

Nepal Telecom ad

भाँचियो मकै अन्न भित्रियो
ढोडको भने काम सिद्धियो
भन्दछन् धनी यो उखल्नु छ
फेरि खप्खपी खेत रोप्नु छ ।।

ढोड ढोड हो के बुझोस् कुरो
भित्रको थियो भिन्न नै चुरो
ऊ यसै फुली दङ्ग मख्ख छ
मूल्यवान् हुँ मै यत्ति ठान्दछ ।।

आदिदेखिकै यो कथा चल्यो
ढोडले सबै सम्झना भुल्यो
फालिनेछ ऊ गै कता कता
भोलि सम्झला दुर्दशा व्यथा ।।

फेरि रोपिनेछन् यहाँ मकै
ढोड जन्मिनेछन् खुशी हुँदै
खेतका धनी लग्दछन् मकै
को बुझोस् कथा के भनूँ म खै ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x