साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोर्डर

Nepal Telecom ad

ठूलो बिजिनेस हाउस । एउटा शहरमा मात्र होइन, कारोबार यत्रतत्र लगानीकर्ताहरू पनि थुप्रै । कुनै कुनै लगानी कर्ताको कारोबार बिदेशमा पनि । रोजगारी खोज्ने युवा युवती योग्यता अनुसार काम पाउन सफल । देशभन्दा फरक व्यवस्थापन । राजनीति नास्ति । त्यसैले कारोबार प्रगतिपथमा । एमडी भोला अचेल नेपालको कारोबार हेर्छन् । उनको अफिसमा एउटी पिए नानी नियुक्त भएकी छिन्– नाम– कामना ।

“सर, म भित्र आउन सक्छु”– कामना ।
“हुन्छ, ढोका खुला छ ।”– भोला ।
कामनाको प्रवेश । लवाइ सामान्य । आँखा लजालु ।
“कामनाजी, केही भन्नुथियो कि ?” भोला औपचारिक भाषामा कुरा गर्छ मात्र प्रोफेसनल ।
“सर, भोलि मेरो जन्मदिन ।” निकै धक मानेर बोलिन् कामना ।
“अग्रीम बधाई !” बोली उस्तै । रुचि विहीन ।
“हजुरलाई निम्तो गर्न चाहेको, फुर्सद होला ?” अझ डर उस्तै ।
“म भोलि नै भन्छु । धेरै ठाउँमा जानु छ । फुर्सद निस्के कामनाजीको कामना पूरा गर्ने कोशिस गर्छु, वाचा होइन ।” अलि नरम ।
……
“अरु पाहुना ?” कामनाको कोठामा पुग्ने बितिक्कै कोही नदेखेर भोलाले पहिलो प्रश्न यही गर्यो ।
“हजुर मात्र ।” अलि हक देखाएर बोलिन् कामना । “ए… ए…, यो केटीको योजना राम्रै रहेछ । सायद यसले मेरो पार्टनर उमेश जस्तै ठानी मलाई पनि । आज जिल्ल पर्छे । साला नामर्द भन्ली !” मनमनै यस्तो सोच्यो भोलाले ।

“सर, के सोच्नुभएको ? यता बसौं ।” हात समाउन पो आइपुगिन् ।
“कामना, बिहे गर ।” भोलाले यत्ति भन्यो । यो उनको लागि अप्रत्याशित ।
“सर, हजुर पनि एक्लै, म पनि एक्लै । आजको रात ….।”

“कामना, तिम्रो यो चाहिँ कामना पूरा हुन्न । म आफ्नो स्टाफको मनोबल नगिरोस् भनेर तिम्रो निम्तो मान्न आएको हुँ । म जीवनमा ‘बोर्डर’ अर्थात् ‘लक्ष्मण–रेखा’ पार गर्दिन । पारिवारिक जीवनको मूल्य र विश्वास मलाई थाहा छ । तिमीले सोचे जस्तो कम्जोर लोग्नेमान्छे म होइन । तिमीभन्दा लाखगुणा सुन्दर र सुशील जीवनसंगिनी छिन् मेरी । तिमी कुन्ती होइनौ र म सूर्य होइन । मलाई माफ गर । आफूलाई सुधार । तिमी मेरो साथीको बहिनी पनि हौ तर साथीमाथि उपकार गरेर मैले तिमीलाई जागिर दिएको होइन । यसरी हाकिम खुसी पार्नुपर्दैन । भूल मान्छेबाट हुन्छ्र तिमीलाई एक पटक केही भन्दिन । जन्म दिनको शुभकामना ! गुड नाइट !”

अर्को दिन कामना अफिस गइनन् । लगातार सात दिन अनुपस्थित । आठौँ दिन उनी अमेरिका उडेको खबर आयो ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x