प्रेम ओली ढकलपुरेह्याप्पी नारी दिवस
आज नारी दिवस
तर खै त दारी दिवस ?
अब जमाना धेरै बद्ली सक्यो
बागमतीमा पानी धेरै बगी सक्यो
अब त नारी मात्र होइन
दारी पनि पीडित छन्
सारी मात्र होइन
सुरुवाल भोटी धारी पनि पीडित छन्
नारी त भित्र भित्र पीडित छन्,
बाहिर अधिकार त धेरै पाका छन्
वास्तवमा नारी भन्दा त यहाँ
दारी पो पीडित भाका छन् ।
दारीबाट भन्दा कति नारी
नारीकै शिकार छन्
नारीको लागि कति नारी नै बिकार छन्
बोल्नेलाई मात्र अधिकार,
बोल्ने नै अगाडि बढेका छन्
नबोल्ने अबलाहरू त,
झन भित्र भित्रै सडेका छन्
बाल दिवस, ब्रृद्धा दिवस
नारी दिवस, दारी दिवस,
मनाऔँ सबै दिवस
नारी पनि बराबरी,
ह्याप्पी नारी दिवस ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































