रामशरण न्याैपानेहतार
सधैँ हतार
हतारै हतार
के महिला
के पुरूष
के बच्चा
के बूढा
सधैँ हतार
उठ्न हतार
चुठ्न हतार
बोक्न हतार
बस्न हतार
कस्तो हतार
जिन्दगीमा
भुइँमा झर्ने बित्तिकै
भोक लाग्न हतार ।
वामे सर्ने बित्तिकै
हिँड्न हतार
हिँड्ने बित्तिकै
दौडन हतार
कस्तो हतार
स्कुल जान हतार
जागिर खान हतार
घरजम गर्न हतार
केटाकेटी जन्माउन हतार
बिहेदान गर्न हतार
कमाउन हतार
नेपाल छोड्न हतार
विदेश जान हतार
डलर कमाउन हतार
ठूलो घर बनाउन हतार
राम्रोमा हतार
नराम्रोमा पनि हतार
कस्तो जिन्दगी
हतार नै हतार
कस्तो हतार !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































