साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

Nepal Telecom ad

१.
जूनको पनि आँसु झर्छ तारा रोए पनि
काठमाण्डुलाई के मतलब छ खारा रोए पनि
रगतको टीका लगाई लासमा टेकि आयौ
सिंहदरवार हाँसे भैगो सारा रोए पनि ।

२.
बिरालो र कुकुरको घरवार हुनै सक्दैन
ध्रुव सत्य हावामा दरवार हुनै सक्दैन
जिन्दगी त एक एक मिली एक हुन पर्ने
एउटै म्यानमा दुईवटा तरवार हुनै सक्दैन ।

३.
लोभ लालच र प्रलोभनले सिद्धान्तमा कहिल्यै चुक्दैन
जस्तो आपत परोस तर महान सपुत कहिल्यै झुक्दैन
आश्वासन त धेरै बाँड्यौ काम भने केही गरेनौ
जनताले बुझ्नपर्थ्याे टोक्ने कुकुर कहिल्यै भुक्दैन ।

४.
यसपालि मैले, धारा हैन, मुल बनाउँछु भन्छन्
जनताको लागि, काँडा पनि, फूल बनाउँछु भन्छन्
जहाँ सुकैका, नेता उस्तै, मिठो भाषण गर्छन्
खोलै नभाको, ठाउँमा पनि पुल बनाउँछु भन्छन् ।

हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x