सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाइकुको बथान– ६

Nepal Telecom ad

१.
चकमन्न छ
छिँडीभित्र आकाश
घामको छायाँ ।

२.
नचाउँदै छ
उत्ताउलो बतास
टुक्रा बादल ।

३.
घर हो भन्थें
यो त ब्वाँसाहरूको
डेरा रहेछ ।

४.
खेतको धान
ओसाएर हेर्दा त
फोगटा मात्रै ।

५.
भिरको फर्सी
कतिखेर पल्टन्छ
मेरो गृहस्थी ।

६.
पानी नै पानी
भएर के फाइदा
तिर्खा मेटिन्न ।

७.
सागर यता
आउन सक्दैन रे
सीमामा बस्दा ।

बुटवल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

बाबुराम पाेखरेल
बेलाको बोली – ७९

बेलाको बोली – ७९

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

एन बि नेपाली