रमेश समर्थनहाइकुको बथान– ६
१.
चकमन्न छ
छिँडीभित्र आकाश
घामको छायाँ ।
२.
नचाउँदै छ
उत्ताउलो बतास
टुक्रा बादल ।
३.
घर हो भन्थें
यो त ब्वाँसाहरूको
डेरा रहेछ ।
४.
खेतको धान
ओसाएर हेर्दा त
फोगटा मात्रै ।
५.
भिरको फर्सी
कतिखेर पल्टन्छ
मेरो गृहस्थी ।
६.
पानी नै पानी
भएर के फाइदा
तिर्खा मेटिन्न ।
७.
सागर यता
आउन सक्दैन रे
सीमामा बस्दा ।
बुटवल
Subscribe
Login
0 Comments
Oldest





































