सुलसुलेराधिका रायाको स्मृति दिवस सम्पन्न
देवकोटा स्मृति भवन भद्रपुरले साहित्यकार राधिका रायाको तेस्रो स्मृति दिवसका अवसरमा नवोदित नारी स्रष्टाको रुपमा साहित्यकार आरती पोखरेललाई सम्मान गरेको छ ।
नगद राशी रु १५,०००÷– सहित सम्मानपत्रद्वारा प्रमुख अतिथि प्राध्यापक होम सुवेदी र पुरस्कारदाता राधिका रायाका भतिजा र बुहारी सुवास क्षेत्री र मीना क्षेत्रीले संयुक्त रुपमा गर्नु भएको थियो । कार्यक्रममा स्थानीय विद्यालयका दुईजना छात्राहरूलाई पनि जनही रु ५०००÷– सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा राधिका रायाको वारेमा कृष्णा क्षेत्रीले बोल्नु भएको थियो । सम्मानित ब्यक्तित्व आरती पोखरेलको परिचय खगिन्द्रा खुसीले गराउनु भएको थियो ।
राधिका रायाले नेपाली साहित्यमा पु¥याउनु भएको योगदानका बारेमा विभिन्न साहित्यकारहरूले आआफ्नो विचार राख्नु भएको थियो । यसरी विचार राख्नेहरूमा देवीचरण भण्डारी, घनेन्द्र शर्मा, शंकर गौतम, आरती पन्त, प्रमुख अतिथि होम सुवेदी, विशिष्ट अतिथिद्वय डा.द्रोण कुमार पौडेल र नन्द प्रसाद पौडेल, सुवास क्षेत्री र सम्मानित प्रतिभा आरती पोखरेल हुनुहुन्थ्यो । देवकोटा स्मृति भवन भद्रपुरका अध्यक्ष राजेन्द्र चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष भवेन्द्र गौतम र संचालन सचिव प्राध्यापक चूडामणि वाशिष्ठले गर्नु भएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































