साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालको ‘रित्तो आकाश’ बिमोचन

Nepal Telecom ad

काठमाडौं, १३, चैत्र ०७२ । युवा कथाकार दीपक नेपाल आफ्नो पहिलो कथासङ्ग्र्रह ‘रित्तो आकाश’ लिएर आएका छन् । कथासङ्ग्र्रहको शनिबार आख्यानकार नारायण ढकालले सार्वजनिक गरेका हुन् । प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा विमोचित किताबमाथि नारायण ढकाल, उपेन्द्र सुब्बा र गुरुङ सुशान्तले टिप्पणी एवं समीक्षा गरेका थिए ।

किताबमाथि बोल्दै समीक्षक गुरुङ सुशान्तले भने, ‘कथाले समकालीन समाजको व्यथा चित्रण गर्न सफल भए पनि जनयुद्धको वा राजनीतिको तटस्थतामा बसेको जस्तो लाग्यो ।’ आख्यानकार नारायण ढकालले भने, ‘अहिलेको समाजमा कथा लेख्न हिम्मत गर्नु राम्रो कुरा हो ।’

‘यत्तिको उमेरमा कथाकारको रूपमा आउनु भएकोमा स्वागत गर्न चाहन्छु ।’ आफूले कथा लेख्न थाल्दाको समय सम्झिँदै ढकालले भने, ‘मैले लेखेको पहिले कथासङ्ग्र्रह यत्तिको पनि थिएन, आशा गरौँ दीपकबाट हामीले भविष्यमा राम्रा आख्यान पढ्न पाउनेछौं ।’

सङ्ग्र्रहमा १६ वटा कथा संगृहीत छन् । पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।
–राजेन्द्र तारकिणी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x