साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के देश लाग्थ्यो उँभो !!

Nepal Telecom ad

कोही माथि पुग्यो भने सब मिली तानी लडाएपछि
खोजी भालु बनेर पण्डित ठुलो चण्डी पढाएपछि ।
खोज्दै छन् फलफूल टिप्न पहिले रोपे सबैले दुबो
यस्तै सोच र कर्म नागरिकका के देश लाग्थ्यो उँभो ?

हामी जन्मधरा पवित्र र ठुलो भन्छौँ उठाई शिर
साँच्चै कर्मथलो सबै युवकको खाडी न हो आखिर ।
बस्छन् बालक, वृद्ध, अक्षम, कुनै मान्छे भएमा कुँजो
मान्छे कर्मठ देश बाहिर गए के देश लाग्थ्यो उँभो ?

खोजी काम र माम यो मुलुकमा आक्रान्त हामी पनि
साँच्चै सुन्दछु आज गाउँघरमा छैनन् मलामी पनि ।
बाँझा उर्वर खेत छन् अझ त्यहाँ देखेकक फुलेको गुभो
धर्तीपुत्र किसान बाहिर गए के देश लाग्थ्यो उँभो ?

ऊर्जा स्रोत अथाह, सिँच्न क्षमता घट्दैछ ध्यानै न दी
जान्छन् बाध्य भई विदेशतिर नै नेपालका यी नदी ।
चेली झैँ सरिता उपेक्षित भए कौमार्य निस्सार भो
देवीको अपमान कान्तिक्षयले के देश लाग्थ्यो उँभो ?

सत्ता खातिर धर्म,कानुन मिचे फाटो र बेमेल भो
छाई शोषण, भ्रष्टता शठपना यो देश नै जेल भो ।
ज्ञानी, सज्जन, राष्ट्रभक्त छ भने झर्नेछ पक्कै उँधो
बन्दा भ्रष्ट, छली, पिशाच बलिया के देश लाग्थ्यो उँभो ?

सीमा, गौतम बुद्ध वा सगरमाथामाथि दाबी गर्यो
बोलोस् राज्य बुलन्द भैकन छिटो चाहे नि आशा मर्यो ।
नेपाली मनझैँ दुख्यो दशगजा सत्ता कहाँ पो चुक्यो
मान्छे कायर, मौन, सालिक भए के देश लाग्थ्यो उँभो ?

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x