साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरहरा कि घरहरा !

Nepal Telecom ad

महाविनाशकारी भूकम्पपश्चात यहाँ केही काम भएन भन्नेहरू पनि छन् । यिनीहरूका प्रत्यक्ष संकेत वर्तमान नेपाल सरकारतर्फ हो । अझ प्रस्टसँग भन्ने हो भने सरकार प्रमुख प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीलाई यसो भन्न खोजिएको हो । मेरो विचारमा यसरी भन्नु पुरापुरी गलत हो । किनभने हाम्रा प्रधानमन्त्री कमरेड ओली त्यसै चुपचाप बसेका छैनन् । बरु उनको प्रधान अगुवाइमा अहिले एउटा विशेष अभियानै बेसरी चालु छ– मेरो धरहरा म बनाउँछु ।

अरूहरूले जेसुकै बनाओस् अथवा नबनाओस्, प्रधानमन्त्री कमरेड ओलीलाई फिटिक्कै कुनै चासो छैन । यसमा पनि खासमा महाभूकम्पले पूर्णत ध्वस्त भएका नेपाली जनताका घरहरू बनाउनमा उनको प्रधानमन्त्रीय जाँगर चलेको देखिँंदैन ।

यो असाध्यै झन्झटिलो काम हो । कोही भूकम्पले भत्केका घरहर यस्तो बनाउनुपर्छ भन्छ भने कोही उस्तो भूकम्पले भत्केको घर बनाउ भन्छ । यस्तै भूकम्पले भत्केका घरहरू बनाउने हो भने जतिसक्दो चाँडचाँडो बनाउनुपर्छ भन्नेहरू पनि उत्तिकै छन् ।

यही सिलसिलामा ढिलोगरी भूकम्पले भत्केका घर बनाए पनि कुनै फरक पर्दैन भन्नेहरू पनि नभएका होइनन् । त्यसैले एक वर्ष बितिसक्दा पनि भूकम्प पीडित नेपाली जनताको घर बन्नसकेको छैन । अब पनि ती भत्केका घरहरू बन्नेछन् भन्ने कुनै ग्यारेन्टी छैन । यसको कारण के हो भने यो देशको कार्यकारी प्रमुख कमरेड प्रधानमन्त्री ओलीको प्रमुख रोजाइमा महाभूकम्पले गल्र्यामगुर्लुम ढलेका नेपाली जनताका घरहरू नभएर धरहरा परेको छ । यसका निम्ति उनले फटाफट आफ्नो एकमहिने कमाइ (एक महिनाको विशुद्ध तलबमात्रै नि !) पनि दिइसकेका छन् ।

यस सम्बन्धमा पर्याप्त सोच विचार गरेपछि मलाई के लागेको छ भने प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली नेपाली जनताका भत्केका ससाना घरहरूका साटो एकैचोटी सिंगो महाघर नै बनाउन चाहन्छन् । यही महाघर धरहरा हो ।

नौतले धरहरा । (यसको तला पुनर्निर्माणको क्रममा अझ बढ्न पनि सक्छ) । एउटै महाघर बनाएर काम चल्छ भने घरि–घरि सानो, होचो र फुच्चे घरहरू बनाउने काम पनि छैन । वास्तवमा कुरो के हो भने घरहरू भत्काउने भूकम्प पनि त कुनै चानचुने भूकम्प नभएर महाभूकम्प थियो । त्यसउसले महाभूकम्प सुहाउँदो महाघर याने अग्लो धरहरा बनाउनमा कमरेड प्रधानमन्त्री ओलीको ध्यान गएको हो । यसै पनि उनको चाख सानोतिनो काममा कति पनि छैन ।

उदाहरणका निम्ति उनको अहिलेसम्म न बासी नभइसकेको एक बहुचर्चित वाणीलाई लिनोस् । छिमेकी भारतको नाकाबन्दीताका चुलोमा आगो बाल्न नपाएर भोकभोकै रहेकाहरूलाई प्रधानमन्त्री कमरेड ओलीले निर्धक्क भनेका थिए, ‘म घर–घरको चुलोमा ग्यासको पाइप फिट गरिदिनेछु । र यतिले पनि पुगेन भने यताउता फैलिएर त्यसै खेर गइरहेको हावाबाट अपार ऊर्जा झिकेर सबैकहाँ र्पुयाइदिनेछु ।’ हुन त यसलाई हावाकुरा भनेर उडाइयो । अब हावाको काम नै माथि–माथि उड्ने भएपछि प्रधानमन्त्री कमरेड ओलीले के गरुन् त ?

जे होस्, प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको धरहरा बनाउने महाभियानको अर्काे गाँठी कारण के पनि हो भने धरहरा निर्माता कुनै सामान्य व्यक्ति नभएर भीमसेन थापा थिए । कुनै बखतका नेपालका बलशाली प्रधानमन्त्री जनरेल भीमसेन थापा । त्यसैले एउटा प्रधानमन्त्रीले गरेको काम अर्को प्रधानमन्त्री कमरेड ओलीले गर्न चाहनुलाई अन्यथा रूपमा लिन मिल्दैन । उनले माथिल्लो तहबाट एक्कासी तल ओर्लेर भूकम्पले भत्केका ससाना घरहरू बनाउनु पनि त भएन ।

यसले प्रधानमन्त्रीको स्तर खस्कन सक्छ । त्यसैले कुनै समयका प्रधानमन्त्री भीमसेन थापाले सुरु गरेको धरहरालाई बनाउन लागेर प्रधानमन्त्री ओलीले आफ्नो ‘प्रधानमन्त्रीत्व’लाई मेन्टेन गरेका छन् । यसले एकपटक फेरि उच्च ओहदामा बस्नेले उच्च काम नै गर्छन् भनी राम्ररी प्रमाणित भएको छ । प्रधानमन्त्री कमरेड ओलीले धरहरा नै बनाउने हो । घरहरू होइन नि ! मतलव, महाभूकम्पले भत्केका नेपाली जनताका घरहरू ‘हराभरा’ पार्ने उनको कुनै मनसाय हुँदै होइन ।

यसैले कमरेड प्रधानमन्त्री ओली धरहरा बनाउन यसरी फुर्तीका साथ अघि बढेका हुन् ।

अन्त्यमा,
प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको वर्तमान दायित्वबोध जेजस्तो भए तापनि इतिहासबोध भने तगडा रहेको मान्नैपर्छ । उनको ‘मेरो धरहरा म बनाउँछु’ भन्ने अभियान यसको ताजा सबुत हो । यसका निम्ति कमरेड प्रधानमन्त्री ओलीलाई मेरो हार्दिक बधाई !

कान्तिपुर, चैत्र २०, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x