साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रलेस झापा जिल्ला सम्मेलन

Nepal Telecom ad

झापा, ०७२, चैत २१ । विर्तामोडमा प्रलेस झापाको आठौं जिल्ला सम्मेलन सम्पन्न भयो । सम्मेलनले राजेन्द्र संग्रौलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ ।

नवनिर्वाचित समितिमा सुमित्रा वाङ्देल चेली उपाध्यक्ष, लीला अधिकारी सचिव, विन्दु दाहाल सहसचिव निर्वाचित भएका छन् । सदस्यहरूमा कल्पना ओली, ज्ञानेन्द्र ढुङ्गाना, इक्सा सम्बाहाम्फे, आरती पोखरेल, देवीचरण भण्डारी र परशुराम तिमसिना रहेका छन् ।

कार्यक्रममा झापाको प्रगतिशील साहित्यमा विशेष योगदान पुर्याउने दुई स्रष्टाहरू तेराख तथा रुद्रप्रसाद निरौलालाई सम्मान गरियो । कमल गुरागाईंको तथा लीला प्रसाद अधिकारीको सन्चालनमा भएको सो कार्यक्रममा प्रमुख अतिथि हेमनाथ अधिकारी तथा विशिष्ट अतिथिको रुपमा भानु भण्डारी चूडामणि रेग्मी पुण्यप्रसाद खरेल भवानी छेत्री यज्ञराज प्रसाई विष्णुकुमार भट्टराई हुनुहुन्थ्यो ।

शुभकामना मन्तव्य दिनेहरूमा पुण्यप्रसाद खरेल, पुण्य खरेल, विष्णुकुमार भट्टराई, यज्ञराज प्रसाई, भानु भण्डारी हेमनाथ अधिकारी आदि हुनुहुन्थ्यो ।

खगिन्द्रा खुसीले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा आरती पोखरेलको आफ्नो वृत्तान्त भएको पुस्तक पनि विमोचन गरिएको थियो । विमोचित कृतिमाथि गीता निरौला भण्डारीले टिप्पणी गर्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x