सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चार ठोक्तक

Nepal Telecom ad

१.
सज्जन भनौं भने उ नामर्द रहेछ
छोडेको यो मुटुमा चोट दर्द रहेछ
उपहार मलाई पठाएको हेरे आज
सजिएको खामको भित्र कर्द रहेछ ।

२.
तिम्रो निम्ति तन, मन, जीवन दिन्छु भन्थ्यो
अनि मुटु, धड्कन, मान्दै धन दिन्छु भन्थ्यो
आज मागे एउटा कुरा हिड्यो तर्किएर फेरि
हिजोसम्म ढुकडुकीमै आसन दिन्छु भन्थ्यो ।

३.
आज गल्ती कतै पनि म नपसी भएछ
साच्चै बाहिर हैन घरमै बसि बसि भएछ
भन्दैथ्यो उ फेसबुकको चक्करमा लाग्दा
पकाएको खाना सब डढेर मसि भएछ ।

४.
भएर मन नि उकुसमुकुस बदलिन्छ
अनि बिचार सगै महसुस बदलिन्छ
नपत्याए एक पटक हेर्नोस महासय
फेसबुकमा नारी बन्दै पुरुष बदलिन्छ ।

भाेजपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हिजोभन्दा देश कति फरक

हिजोभन्दा देश कति फरक

सुनिता सापकोटा
बजेट

बजेट

सुनिता सापकोटा
बहुमतको जीत हुँदैन 

बहुमतको जीत हुँदैन 

सुनिता सापकोटा
पाँच ठोक्तक

पाँच ठोक्तक

नारायण नेपाल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन टुक्रा कविता

तीन टुक्रा कविता

टङ्कबहादुर आले
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
बेलाको बोली- ८१

बेलाको बोली- ८१

डा. ऋषि बस्ताकाेटी