साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धर्ती के चर्कियो–चर्केको छ छाती

Nepal Telecom ad

(महाभूकम्पको प्रथम वार्षिकीमा)

चिन्ताको घोचिरहने सिरानीमा
भुँइचालोको निगरानीमा
पीडाको पहाडमुनि थिचिएर
गुहार गुहार गर्दा थला परेको रोगीको
एकवर्ष बित्दा पनि
आलै रहेको घाउलाई सुकाउन,
झोल खुवाउने कि गोटी खुवाउने
रातो रंगको खुवाउने कि
सेतो रंगको खुवाउने
औषधि खुवाउन को को आउने
बांडेको समाचार वारिपारी कसरी पुर्याउने
समारोहमा कसकसलाई निम्त्याउने
राजनैतिक भागबण्डा कसरी मिलाउने
यस्तै अनिर्णयहरूको अँध्यारो सुरुङमा
हाम्रो नियतिलाई भौत्तारिरहेको देख्दा
धर्ती के चर्केको – छाती नै चर्केको छ ।
पुरानो घाउ सुक्न न पाउँदै
दिनहुँ आइरहेका प्रकम्पनहरूले गर्दा
झन अहिले त सियो खसेको ध्वनिले पनि
भान हुन्छ आकाशै खस्यो कि ?
आमाहरू राती पनि दुधे बालकलाई
पटुकीमा बाँधेरै सुत्छिन्
कतै दगुर्नु पर्छ कि ?
सबैतिर लम्पसार छ अन्यौल,
भाइरल भै रहेको छ आशंका
ऊ फेरि आउँछ कि ?
एउटा चितुवा हाम्रो घर पछाडि
कतै लुकेर बसेको भयको आभास
जति प्रयास गर्दा पनि मेटिँदै मेटिँंदैन
एक्कासी कुन बेला झम्टन्छ कि ?
सहनु र स्विकार्नु हामी नेपालीको
प्रवृत्ति भएरै होला,
फाइलको कछुवा चालको कमालले
जिन्दगी अहिले पनि पालमा छ ।
दृष्टि एक अवर्णनिय भयले
कहिले भुइँमा त कहिले छ आकाशमा छ।
दर्शकदीर्घाका दर्शकझैं अहिलेसम्मको
फितलो खेल हेरेर बाँचेको झिनो आशा
अब त लाग्छ कतै डाँको छोडेर रुन्छ कि ?
अब यस्तो लाग्न थालेको छ
धर्तीको गर्भमा लुकेर बसेको भुइँचालो
हाम्रा बेतुकका दृश्य परिदृश्य हेरेर
खित्का छाडेर हाँसिरहेको छ कि ??
यहि सब कारणले लेख्न करै लाग्यो
किन चाउरिस् मरिच–आफ्नै पिरोले !

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x