साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्याट्ट फुट्यो हजुर

Nepal Telecom ad

हिन्दा हिन्दै सडकमै लुटेराले लुट्यो हजुर
पुलिस आइ मैलाई नराम्ररी कुट्यो हजुर ।

माथिबाट आयो रे आदेश उदेश के के हो
जेल नपुग्दै अभियुक्त बीचैमा छुट्यो हजुर ।

दुखे जस्तो लागेन त्यति साह्रो त्यतिखेर
अर्को दिन जीउभरी गाँठागुँठी उठ्यो हजुर ।

नीला डाम र टुटिल्काले भरिपूर्ण शरीर
छुन लाग्दा टुटिल्को प्याट्ट फुट्यो हजुर ।

जँचाउन जाँदा डाक्टर सिधै भुइँमा ढले
त्यसपछि उनको मेरो नाता टुट्यो हजुर ।

औषधि त कति खाएँ धामी झाँक्री लाएँ
अन्त्यमा नर्क वासको साथ जुट्यो हजुर ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x